spot_img
spot_img
spot_img

सामाजिक सेवा समूह फाउन्डेसनद्धारा विद्यार्थीलाई न्यानो कपडा वितरण

spot_img

देवदह । रुपन्देहीको देवदह नगरपालिका स्थित देवदह माध्यमिक विद्यालयका विद्यार्थीहरूलाई सामाजिक सेवा समूह फाउन्डेसन नेपालले न्यानो कपडा वितरण गरेको छ । शनिवार एक कार्यक्रम आयोजना गरी विद्यालयमा अध्ययनरत गरिव विद्यार्थीहरुलाई जाडोको समयमा लगाउने न्यानो कपडा वितरण गरेको हो ।

कार्यक्रममा बोल्दै देवदह नगरपालिका उपप्रमुख विद्यालक्ष्मी गुरुङले जाडो बढेसँगै न्यानो कपडा वितरणले बालबालिकाहरूलाई नियमित रुपमा विद्यालय आउन सहज हुने भएको भन्दै आयोजक संस्थालाई विशेष धन्यवाद दिनुभएको थियो ।

कार्यक्रमको प्रमुख अतिथि समेत रहनुभएको उपप्रमुख गुरुङले नगरपालिकाभित्रका विपन्न वर्गका विद्यार्थीको लागि शैक्षिक सामग्री तथा छात्रवृत्ति वितरण गर्दै आइरहेको समेत बताउदै समग्र देवदह क्षेत्रको शैक्षिक गुणस्तर र पूर्वाधार विकासका लागि सामाजिक संघसंस्थासँग हातेमालो गर्दै अगाडी बढ्न नगरपालिका तयार रहेको बताउनुभएको थियो ।

कार्यक्रममा समाजिक सेवा फाउन्डेसन नेपालका केन्द्रिय अध्यक्ष रबिना राई क्षेत्रीले १९ वटा न्यानो कपडा वितरण गर्दै सुरु गरिएको यो अभियान आज १ हजार थान न्यानो कपडा वितरण अभियानमा पुगेको बताउनुभएको थियो । देवदह नगरपालिका वडा नं ७ का वडा अध्यक्ष कृष्णप्रसाद अधिकारीले फाउन्डेसनले गरेको प्रशंसनीय कार्यको लागी धन्यवाद दिदै आगामी दिनमा पनि हरेक गतिविधिमा सहकार्य गरेर अगाडि बढ्न आफुहरु तयार रहेको प्रतिवद्द्ता व्यक्त गर्नुभएको थियो ।

कार्यक्रममा देवदह माध्यमिक विद्यालयका प्रधानाध्यापक केशवप्रसाद घिमिरे, फाउन्डेसन नेपालका सल्लाहकार सम्झना दुबे, देवदह वडा नं. ७ का वडा सदस्य रमेश खरेल, उज्यालो लाल्टिन प्रतिष्ठानका अध्यक्ष सागर भट्टराई लगाएतले बोल्दै युवाहरूको पहलमा भएको अभियानले शिक्षाको क्षेत्रमा महत्वपूर्ण भूमिका खेल्ने बताउनुभएको थियो । युवा अभियन्ता सामाजिक सेवा फाउन्डेसन नेपालका केन्द्रिय सचिब तथा बुटवल शाखाका अध्यक्ष रोहित वाग्लेले जाडोमा न्यानो कपडाको अभावले गर्दा बालबालिका विद्यालय नआउने गरेको र उनीहरूको दैनिक पठनपाठनमा समेत प्रभाव परेकाले न्यानो कपडा वितरण गरिएको बताउनुभएको थियो ।

कार्यक्रम फाउन्डेसन नेपाल देवदहका अध्यक्ष पवन कार्की क्षेत्रीको स्वागत रसचिब आविस्कार सुनारको सञ्चालनमा सम्पन्न भएको थियो ।

यो समाचार पढेर हजुरले कस्तो महसुस गर्नुभएको छ ??
गज्जब
0
माया
0
खुसी
0
हासो
0
अचम्मित
0
दुःखी
0
आक्रोशित
0

प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here

spot_img
spot_img