spot_img
spot_img
spot_img

गैडहवा स्मार्ट कृषि सहकारी संस्थाको प्रथम साधारणसभा

spot_img

रुपन्देहीको गैडहवा गाउँपालिकामा संचालित गैडहवा स्मार्ट कृषि सहकारी संस्थाको प्रथम साधारणसभा सम्पन्न भएको छ। कार्यक्रममा प्रमुख अतिथि गैडहवा गाउँपालिका अध्यक्ष सुरेन्द्र पौडेलले कृषि सहकारीले कृषि र किसानको बारेमा काम गर्दै अगाडि बढनु अहिलेको आवश्यक रहेको उल्लेख गर्नुभएको छ। अध्यक्ष पौडेलले सहकारीहरु नाफामुखी भन्दानी सेवा मुखी भएर काम गर्दै अगाडी जानुपर्नेमा जोड दिदै किसानको समस्यामा गाउँपालिका सधै गम्भिर रहेको र पालिकाले कृषिलाई प्राथमिकतामा राखेर काम गर्दै आइरहेको समेत बताउनुभयो।

प्रदेश स्तरीय किशोर किशोरि युवा सन्जालका अध्यक्ष द्वारिका हरिजनले कृषि सहकारी संस्थाले आफ्नो गति सगै अगाडी बढेको भन्दै सहकारीको सफलताको लागि शुभकामना दिनु भयो। समाजसेवी विश्वम्भर गुप्ताले किसानहरुका लागि रासायनिक मल बिउँ लगायतको बारेमामा स्मार्ट कृषि सहकारी संस्थाले काम गर्नुपर्ने बताउनुभयो । कार्यक्रममा संस्थाका कोषाध्यक्ष कमला बिष्टले स्वागत गर्दै यस गैडहवा स्मार्ट कृषि सहकारी संस्था शेयर सदस्य र गैडहवाका किसानहरुको समेत साझा संस्थाको रुपमा रहेको हुंदा किसानहरुको हितको निम्ती कार्यहरु गर्न संस्थामा पुँजी बढाउनु पर्ने र तयसबा लागि शेयर सदस्यहरुको संखया बृद्धि गर्नमा पनि सबै सदस्यहरुलाई आग्रह गर्नुभयो।

कार्यक्रममा संस्थाका अध्यक्ष शन्दिप गुप्ताले सहकारीमा आर्थिक प्रतिवेदन प्रस्तुत गर्दै कोरोना महामारीको समयमा पनि सहकारी सेयर सदस्यले महत्त्वपूर्ण साथ दिएको स्मरण गर्नु भयो। आगामी दिनमा शेयर सदस्यहरुको सल्लाह सुझावलाई मनन गर्दै अगाडी बढ्ने र अबको ४ वर्षमा गैडहवा गाउँपालिकाकै उत्कृष्ट सहकारी बनाउन आफु लागि परेको अध्यक्ष गुप्ताले बताउनु भयो कार्यक्रमको सन्चालन संस्थाका उपाध्यक्ष शिवानाथ बरईले गर्नुभएको थियोे ।

यो समाचार पढेर हजुरले कस्तो महसुस गर्नुभएको छ ??
गज्जब
0
माया
0
खुसी
0
हासो
0
अचम्मित
0
दुःखी
0
आक्रोशित
0

प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here

spot_img
spot_img