३१औं लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियानको एक कार्यक्रमका बिच सियारीमा सम्पन्न भएको छ। “सभ्य समाजको पहिचान लैङ्गिक हिंसा विरुद्धको अभियान” भन्नेमुल नाराका साथ सञ्चालन गरिएको कार्यक्रमको समापन समारोहमा बोल्दै गाँउपालिकाका अध्यक्ष थानेश्वर घिमिरेले समाजबाट लैंगिक हिंसा उन्मूलन गर्न पुरुष र महिला दुवैको उत्तिकै सक्रियता आवश्यक पर्दछ भन्ने मान्यतालाई आत्मसाथ गराउँदै अगाडी बढ्नुपर्नेमा जोड दिनुभएको छ ।
कार्यक्रमका प्रमुख अतिथि समेत रहनु भएका गाउँपालिका अध्यक्ष घिमिरेले रथको कुनै पांग्राले कमजोर भएर गुड्न नसक्ने भन्दै समाजमा महिला र पुरुष दुवै पक्षको आपसी सहकार्य र समन्वयले समाजको विकासको बिकासको गतिलाई अगाडी बढाउन सकिने उल्लेख गर्नुभयो। अधयक्ष घिमिरेले सामाजिक विकासका लागि पुरुषहरूको विकास सँगसँगै महिलाहरूको पनि समान विकास हुनु जरुरी रहेकोमा जोड दिनुभयो ।
कार्यक्रमका अध्यक्ष गाउँपालिकाका उपाध्यक्ष उपाध्यक्ष तारा थारुले कुनै पनि परिवारका उन्नतिका लागि नारी र पुरुषको समान सहभागिता हुन आवश्यक रहेको उल्लेख गर्नुभयो ।
लैंगिक हिंस विरुद्धको १६ दिने अभियानको अवसरमा समाजमा लैंगिक हिंसा कहाँ कसरी र कोद्वारा कसलाई हुन्छ, र वर्तमान समयमा डिजिटलको माध्यमबाट हुने हिंसा र त्यसको न्युनिकरण तथा अन्त्यका लागि गरिने कार्यहरुको बारेमा सृजना सुवेदीले प्रशिक्षण दिनु भएको थियो । सियारी गाउँ पालिकाकका महिला बिकस शाखाका निरिक्षक शान्ता पौडेलको संचालनमा कार्यक्रम सम्पन्न भएको थियो ।