बर्दघाट सुस्ता पश्चिम नवलपरासीको पाल्हीनन्दन गाउँपालिकामा दाइजोविना विवाह गरेका छ जोडी सम्मानित भएका छन । लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियानकै क्रममा सुनवल सामुदायिक विकास केन्द्रले दाइजोविनै विवाह गरेका ति ६ जोडीलाईएक कार्यक्रम आयोजना गरी सम्मान गरेको हो ।
सम्मानित हुनेमा सलाउद्दीन मन्सुरी र नाजमा खातुन, अशोक हरिजन र बबिता हरिजन, पंकज गिरी र मनिषा गिरी, प्रमोद हरिजन र अनिशा हरिजन, शैलेशकुमार कोइरी र निर्जलीकुमारी कोइरी, असिउद्दीन अन्सारी र अम्जाहान खातुन रहेका छन ।
विवाहमा गरिने अनावश्यक खर्चलाई सामाजिक काममा लगाउने उद्घोषका साथ वैवाहिक जीवनमा बाँधिएका नव जोडीलाई सम्मान गरिएको पाल्हीनन्दन गाउँपालिका अध्यक्ष बैजुप्रसाद गुप्ताले जानकारी गराउनुभयो । सम्मान कार्यक्रमपछि सचेतना र्याली निकालिएको थियो ।