एजेन्सी । ‘दृश्यम–२’ ले बक्स अफिसमा राम्रो कमाई गरी २०० करोड भारु कलेक्सन गरेको छ । चौथो हप्तामा आउँदै गरेको फिल्मले २०३।५९ करोड भारु कमाएको छ । यसअघि २०२० मा अजयको फिल्म ‘ताना जी द अनसंग वारियर’ र २०१७ मा ’गोलमाल अगेन’ले २०० करोडभन्दा बढी कमाएको थियो ।
करिब ६० करोडको बजेटमा बनेको यो फिल्म अजय देवगनको करियरको दोस्रो ठुलो ब्लकबस्टर बन्न लागेको छ । ‘दृश्यम २’ ले रिलिजको २३ औं दिनमा २०० करोडको आँकडा पार गरेको छ । यो फिल्म कुनै पनि विवादमा नभई रिलिज भएको थियो । अहिले नयाँ फिल्म रिलिज भए पनि ‘दृश्यम २’ को कमाईमा खासै फरक परेको छैन ।
यसअघि २०२० मा फिल्म ताना जी द अनसंग वारियरले २७९।५५ करोडको लाइफटाइम कलेक्सन गरेको थियो । २०१७ मा आएको उनको फिल्म गोलमाल अगेनले २०५।६९ करोड कलेक्सन गरेको थियो ।
‘दृश्यम–२’ ले गर्यो २०० करोडको कलेक्सन
यो समाचार पढेर हजुरले कस्तो महसुस गर्नुभएको छ ??