निर्वाचन आयोगले जारी गरेको आचारसंहिता आजदेखि हटेको छ । प्रतिनिधि सभा तथा प्रदेश सभाचुनावका लागि गएको असोज १२ गतेदेखि लागू भएको आचारसंहिता आजदेखि नरहने निर्वाचन आयोगले जनाएको हो ।
असोज १२ गतेदेखि लागू भएको आचारसंहिता हटेको आयोगका प्रवक्ता शालीग्राम शर्मा पौडेलले जानकारी नेपाल सरकार, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सम्पूर्ण मन्त्रालय तथा संवैधानिक निकायहरूमा गराइएको जानकारी दिए । आचारसंहिता हटेसँगै सरकारलाई अब सरुवा, बढुवा तथा नियुक्ति लगायतको काम गर्न बाटो खुलेको छ ।
यो समाचार पढेर हजुरले कस्तो महसुस गर्नुभएको छ ??