एक बर्षको अबधिमा वैदेशिक रोजगारीमा गएका १ हजार ४७९ जनाको मृत्यु भएको छ ।गत आर्थिक वर्ष २०७८/०७९ मा वैदेशिक रोजगारीमा गएकामध्ये १ हजार ४७९ जनाको मृत्यु भएको हो । बिरामी, आत्महत्या, सडक दुर्घटना लगायतका कारणबाट उनीहरूको मृत्यु भएको राष्ट्रिय मानव अधिकार आयोगले जनाएको छ ।
आयोगको तथ्यांकअनुसार मलेसिया र खाडी मुलुक पुगेका नेपालीको मृत्यु हुने गरेको पाइएको छ ।
यी मुलुकमा मृत्युदर झण्डै ७५ प्रतिशतको हाराहारी रहेको तथ्यांकमा जनाइएको छ । कुल संख्यामध्ये वैदेशिक रोजगारीमा गएका १०५ जनाले आत्महत्या गरेकोसमेत तथ्यांकमा उल्लेख छ ।
यो समाचार पढेर हजुरले कस्तो महसुस गर्नुभएको छ ??