spot_img
spot_img
spot_img

लुम्बिनीको विकासमा स्थानीय, प्रदेश र संघीय सरकारबीच सहकार्य अपरिहार्य छ :सांसद घिमिरे

spot_img

रुपन्देही क्षेत्र नं ५ का प्रतिनिधिसभा सदस्य बासुदेव घिमिरेले लुम्बिनी विकास कोषका गतिविधिको बारेमा जानकारी लिनुभएको छ । आज लुम्बिनीमा आयोजित कार्यक्रममा कोषका उपाध्यक्ष भिक्षु मैत्तय (अवधेश त्रिपाठी), कोषाध्यक्ष सिद्धिचरण भट्टराई र सदस्य सचिव सानुराजा शाक्यले कोषका गतिविधिका साथैं गुरुयोजना कार्यान्वयका सन्दर्भमा भैरहेका कामको बारेमा जानकारी गराउनुभयो । त्यसक्रममा प्रतिनिधिसभा सदस्य घिमिरेले गुरुयोजना सम्पन्न गर्नका लागि संघीय सांसदको रुपमा आफूले सक्दो सहयोग गर्ने प्रतिबद्धता जनाउँदै लुम्बिनीको विकासमा स्थानीय, प्रदेश र संघीय सरकारबीच सहकार्य हुनुपर्ने स्पष्ट पार्नुभयो ।

स्थानीय नागरिक समेतलाई जोडेर लुम्बिनीको एकीकृत विकास गर्नुपर्नेमा जोड दिदै सांसद घिमिरेले लुम्बिनीको सरसफाईको कामलाई अघि बढाउन नगरपालिकाले आवश्यक प्रक्रिया अगाडि बढाइसकेको बताउँदै सैनामैनामा अत्याधुनिक फोहोरमैला प्रशोधन केन्द्र निर्माण अघि बढाइने बताउनुभयो । लुम्बिनीमा सुविधासम्पन्न अस्पताल बनाउने काम अघि बढाउन आफूले संघीय सरकारसँग आवश्यक समन्वय गर्ने बताउँदै सांसद घिमिरेले लुम्बिनीको सभाहललाई लिज प्रक्रियामार्फत् सञ्चालन गर्न सक्दा त्यसले कोषको आम्दानी बढाउने र पर्यटकको संख्यामा समेत अभिवृद्धि गर्ने भएकोले संभव भएसम्म सभाहललाई लिज प्रक्रियामार्फत् सञ्चालन गर्न कोषलाई आग्रह गर्नुभयो ।

कार्यक्रममा प्रदेशसभा सदस्य चन्द्रकेश गुप्ता ९सिके० ले लुम्बिनीको विकासका लागि जनप्रतिनिधिका रुपमा आफू सहयोग गर्न तयार रहेको बताउँदै लुम्बिनीमा अस्पतालकको आवश्यकता रहेकाले त्यसका लागि सबै एकजुट हुनुपर्नेमा जोड दिनुभयो । लुम्बिनी विकास कोषका उपाध्यक्ष भिक्षु मैत्तय९अवधेश त्रिपाठी० ले लुम्बिनी गुरुयोजना पूरा गर्नु नै आफूहरुको पहिलो प्राथमिकता रहेको बताउँदै लुम्बिनी गुरुयोजनाका लागि ७ अर्ब ३४ करोड बजेट आवश्यक रहेपनि एकमुष्ट बजेट नछुट्दिा निर्माणमा ढिलाई भइरहेकाले यसमा पहल गर्न सांसदहरुको ध्यानार्कषण गराउनुभयो । उहाँले लुम्बिनी क्षेत्रमा अन्तर्राष्ट्रिय स्तरको अस्पताल र गुणस्तरीय बौद्ध शिक्षा दिने शिक्षालयको आवश्यकता रहेकाले यसतर्फ संघीय र प्रदेश सांसदहरुले आवाज उठाउनुपर्ने बताउनुभयो ।

कार्यक्रममा लुम्बिनी विकास कोषका कोषाध्यक्ष सिद्धिचरण भट्टराईले आफुहरु लुम्बिनीको विकासमा नयाँ काम गर्न चाहेको बताउँनु भयो ।यस्तै कोषका सदस्य सचिव सानुराजा शाक्यले गुरुयोजना अनुसारका निर्माणहरु भइरहेको बताउँदै पर्याप्त बजेटका लागि पहल गरिदिन आग्रह गर्नुभयो । कार्यक्रममा लुम्बिनी साँस्कृतिक नगरपालिकाका नगरप्रमुख सजरुद्धीन खाँन, लुम्बिनीका वडा न। ३ का वडाअध्यक्ष जनरमुद्दिन मुसलमानले लुम्बिनी भित्र मात्रै नभई बाहिरी क्षेत्रको विकासमा पनि ध्यान दिनुपर्ने बताउनुभयो ।

यो समाचार पढेर हजुरले कस्तो महसुस गर्नुभएको छ ??
गज्जब
0
माया
0
खुसी
0
हासो
0
अचम्मित
0
दुःखी
0
आक्रोशित
0

प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here

spot_img
spot_img