रुपन्देहीको सबैभन्दा ठूलो सिमसारताल गैडातालमा प्रथम गैडहवा गाँउपालिका अध्यक्ष कप खुल्ला भलिवल प्रतियोगिता २०७९ शुरु भएको छ। रुपन्देही, कपिलवस्तु, नवलपरासी, पाल्पा, स्याङ्गजा, गुल्मीका १५ टिमहरुको सहभागि रहेको खेलको उद्धघाटन गैडहवा गाउँपालिकाका अध्यक्ष सुरेन्द्र पौडेलले गर्नुभएको हो। हसनापुर, जिल्ला भलिवल संघ, गुल्मी, जनआस्था पृथ्वी क्लव, अस्नैया युवा क्लव, शान्ती युवा क्लव ए र बि, शाहनी ब्रदर्श युवा क्लव,बकुली, मसिना, मानपकडी, गरुवाल, संगम स्पोर्टस क्लव, सूर्यमुखी युवा कलव, डाँफे मुनाल युवा क्लव, वाणगंगा स्पोर्टस एकेडेमी र मणिमुकुन्द भलिवल क्लवले प्रतियोगितामा सहभागिता जनाएका छन।
प्रथम अध्यक्ष कप खुल्ला पुरुष भलिवल प्रतियोगिता २०७९ मा विजेता टिमले नगद ५० हजार रुपैया सहित मेडल र कप प्राप्त गर्ने छन भने उपविजेता टिमले नगद ३० हजार सहित मेडल र कप प्राप्त गर्ने आयोजक श्री शान्ती युवा क्लव, गैडहवा ४, रुपन्देहीका खेल संयोजक दीपक गुरुङ्गले जानकारी दिनु भएको छ। यसैगरी अन्तिम ४ मा पुग्न सफल २ टिमले जनही १० हजार रुपैया सान्त्वना वापत पुरस्कार पाउने छन। यस्तै प्रतियोगितामा बिधागत रुपमा उत्कृष्ट सेटर, उत्कृष्ट डिफेण्डर, उत्कृष्ट ब्लकर, उत्कृष्ट स्पाइकर, उत्कृष्ट सर्वर र उत्कृष्ट खेलाडीलाई समेत सम्मान र पुरस्कार पाउनेछन।
आज पहलिो दिनको खेलमा जनआस्था पृथ्वी क्लव र अस्नैया युवा क्लव बिजयी भइ दोश्रो चरणको खेलमा प्रबेश गरेका छन। हंसनापुर र जनआस्था पृथ्वी क्लव बिच भएको उद्धघाटन खेलमा जनआस्थाले सोझो सेटमा हसनापुरलाई पारजित गरेको छ। यस्तै अस्नैया युवा क्लव र शाहनी ब्रदर्श युवा क्लव बिच भएको दोश्रो खेलमा अस्नैयाले शाहनीलाई २१ को सेटमा पराजित गरी अस्नैया दोश्रो चरणमा प्रबेश गरेको आयोजकले जनाएको छ। प्रतियोगिताले गैडहवा तालको पर्यटन प्रबद्र्धन गर्नमा सहयोग पुग्ने विश्वास गरिएको छ।