spot_img
spot_img
spot_img

नासाले पठाएको स्पेस क्याप्सुल चन्द्रमाको परिक्रमा गरि पृथ्वीमा फिर्ता

spot_img

एजेन्सी । नासाको ओराइअन स्पेस क्याप्सुल चन्द्रमाको परिक्रमा गरेर पृथ्वीमा फर्किएको छ । अन्तरिक्षयात्री बोक्न निर्माण गरिएको यान प्रक्षेपण गरिएको २६ दिनपछि प्रशान्त महासागरमा अवतरण गरेको बीबीसीले जनाएको छ । नासाले ओराइअन स्पेस क्याप्सुल प्रयोग गरेर सन् २०२६ सम्ममा चन्द्रमामा फेरि मानव पठाउने योजना बनाएको छ । योजनाअनुसार पहिलो काम पूरा भएको नासाले जनाएको छ ।

नासाले यस पटक मानवविना नै यान अन्तरिक्षमा पठाएको हो । चन्द्रमामा फेरि मानव पठाउन नासाको अभियानलाई आर्टमिस नामकरण गरिएको छ । ग्रिक किंवदन्तीअनुसार आर्टमिस अपोलोकी बहिनी हुन् । उनलाई चन्द्रमाकी देवी मानिन्छ ।

यो समाचार पढेर हजुरले कस्तो महसुस गर्नुभएको छ ??
गज्जब
0
माया
0
खुसी
0
हासो
0
अचम्मित
0
दुःखी
0
आक्रोशित
0

प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here

spot_img
spot_img