चितवन राष्ट्रिय निकुञ्जमा दुई दिनमा दुईवटा गैँडा मृत फेला परेका छन् । मङ्सिर २८ गते हिजो र आज दुईवटा गैँडा मृतावस्थामा फेला परेको निकुञ्जले जनाएको छ ।आज बिहान करिब ६ बजेको समयमा राष्ट्रिय निकुञ्जको अमलटारी सेक्टर लामीचौर पोष्टअन्तर्गत गुन्द्रहीढका मध्यवर्ती सामुदायिक वन क्षेत्रमा पोथी गैँडा मृतावस्थामा फेला परेको निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीले बताउनुभयो । एकापसमा जुधेर १५ वर्षीय गैँडा मरेको अनुमान गरिएको उहाँको भनाई छ ।
यस्तै बुधबार सोही क्षेत्रको कुजौली रेञ्जरपोष्टअन्तर्गत नारायणी नदी किनामा छ महिनाको (भाले गैँडा) मृतावस्थामा भेटिएको हो । बुधबार बिहान ११ बजे निकुञ्जको नियमित गस्ती टोलीले गैँडा मृतावस्थामा फेला पारेको जनाईएको छ । बाघको आक्रमणमा परी मरेको अनुमान गरिएको छ । गैँडाको खाग, खुर सुरक्षित रहेको छ ।
चितवन राष्ट्रिय निकुञ्जमा दुई दिनमा दुईवटा गैँडा मृत फेला
यो समाचार पढेर हजुरले कस्तो महसुस गर्नुभएको छ ??