धादिङमा भएको दम्पती हत्या अभियोगमा दुई बालकलाई प्रहरीले पक्राउ गरेको छ । त्रिपुरासुन्दरी गाउँपालिका–३ मूलपानीको आहाले गाउँका ७४ वर्षीय बलबहादुर आलेमगर र ६७ वर्षीया निरमाया आलेमगर हत्या गरिएको अवस्थामा मङ्सिर २६ गते बिहान घरमै भेटिएका थिए । घटनास्थलमै बसेर अनुसन्धानमा खटिएको प्रहरी टोलीले स्थानीयवासीका अनुसार एक जना कक्षा ८ र अर्का कक्षा ६ मा अध्ययनरत बालकलाई नियन्त्रणमा लिएको हो ।
उनीहरूसँग हत्या भएका दम्पतीले चलाउँदै आएको मोबाइल पनि प्रहरीले बरामद गरेको छ । नियन्त्रणमा लिएका दुवै बालकमाथि अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय धादिङले जानकारी दिएको छ ।
यो समाचार पढेर हजुरले कस्तो महसुस गर्नुभएको छ ??