spot_img
spot_img
spot_img

पश्चिम र मध्य अफ्रिकामा बाढीका कारण १ हजार ४ सय जनाको मृत्यु : संयुक्त राष्ट्रसंघ

spot_img

एजेन्सी । पश्चिम तथा मध्य अफ्रिकामा भारी वर्षा र बाढीका कारण एक हजार ४०० व्यक्तिको मृत्यु हुनुका साथै अन्य २९ लाख विस्थापित भएको संयुक्त राष्ट्रसंघका मानवीय सहायताकर्मीले शनिबार जानकारी दिएका छन् । संयुक्त राष्ट्रसङ्घीय मानवीय मामिला समन्वय कार्यालय ९ओसीएचए० का अनुसार केही वर्षयताकै सबैभन्दा खराब बाढीका कारण यस क्षेत्रका २० देशका ८२ लाख मानिसको जीवन, उनीहरूका पशुधन, सम्पत्ति र खेतबारीमा असर परेको छ ।

लगातारको बाढीले पाँच लाख १३ हजारभन्दा बढी घरमा क्षति पुर्‍याएको कार्यालयले जनाएको छ । ओसीएचएले भनेको छ, “मध्य अफ्रिका क्षेत्रका धेरै भागहरू बाढी पहिले नै उच्च स्तरको खाद्य असुरक्षा, कुपोषण, अस्थिरता र हिंसासँग जुधिरहेका थिए । राष्ट्रिय र स्थानीय अधिकारीहरूले मानवीय एजेन्सीहरूको सहयोगमा प्रतिकार्यको नेतृत्व गरिरहेका छन् ।

यो समाचार पढेर हजुरले कस्तो महसुस गर्नुभएको छ ??
गज्जब
0
माया
0
खुसी
0
हासो
0
अचम्मित
0
दुःखी
0
आक्रोशित
0

प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here

spot_img
spot_img