spot_img
spot_img
spot_img

उत्तर कोरियाद्वारा पुनः क्षेप्यास्त्र परीक्षण, कोरिया प्रायद्वीपमा तनाव बढ्दै

spot_img

एजेन्सी । उत्तर कोरियाले फेरि दुई वटा ब्यालेस्टिक क्षेप्यास्त्र परीक्षण गरेको छ । नयाँ हतियार प्रणालीका लागि ठोस इन्धन प्रयोग गर्ने मोटरको सफल परीक्षण गरेको बताएको केही दिनपछि फेरि दुई वटा क्षेप्यास्त्र परीक्षण गरेको दक्षिण कोरियाली सेनाले जनाएको छ । जापानको रक्षा मन्त्रालयले ती क्षेप्यास्त्र झन्डै पाँच सय किलोमिटरको उचाइमा पुगेको बताएको छ । जापानका वरिष्ठ उपरक्षामन्त्री तोशिरो इनोले लगातारको क्षेप्यास्त्र परीक्षणले जापानसहित कोरिया प्रायद्वीप र अन्तर्राष्ट्रिय समुदायको शान्ति–सुरक्षालाई खतरामा पार्ने भएकोले यो अस्वीकार्य भएको बताउनुभएको समाचार संस्था एएफपीले जनाएको छ ।

उत्तर कोरियाले गएको महिना पनि अहिलेसम्मकै अत्याधुनिक अन्तरमहादेशीय क्षेप्यास्त्र प्रक्षेपणसहित अरू हतियार परीक्षण गरेपछि कोरियाली प्रायद्वीपमा यस वर्ष सैन्य तनाव बढेको छ । उत्तर कोरियाका नेता किम जोन उनले उत्तर कोरियासँग विश्वको सबैभन्दा शक्तिशाली आणविक शक्ति होस् भन्ने चाहका साथ आफ्नो देशलाई ‘अपरिवर्तनीय’ आणविक राष्ट्र घोषणा गर्नुभएको थियो । अन्तर्राष्ट्रिय प्रतिबन्धका बाबजुद उत्तर कोरियाले अन्तरमहादेशीय ब्यालेस्टिक क्षेप्यास्त्रको शस्त्रागार अर्थात् हतियार राख्ने ठाउँ निर्माण गरेको छ ।

यो समाचार पढेर हजुरले कस्तो महसुस गर्नुभएको छ ??
गज्जब
0
माया
0
खुसी
0
हासो
0
अचम्मित
0
दुःखी
0
आक्रोशित
0

प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here

spot_img
spot_img