बुटवल बजारको विद्युत् हाइटेन्सन व्यवस्थापन गर्न उपमहानगरले विद्युत् प्राधिकरणसँग माग गरेको छ । प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङसँग काठमाडौँस्थित प्राधिकरणको कार्यालयमा भेट गरी बस्तीमाथि रहेको हाइटेन्सन तारले बस्ती जोखिममा रहेको भन्दै बस्ती बाहिर सार्न बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेयले आग्रह गर्नुभएको हो ।
बुटवलमा सहरीकरण बढ्दै गएकाले खुला विद्युत् तारहरुका कारण जोखिम बढेको बताउँदै भूमिगत गर्नका लागि योजना अघि सार्न पनि प्राधिकरणका प्रबन्ध निर्देशक घिसिङको नगरप्रमुख पाण्डेयले ध्यानाकर्षण गराउनुभएको छ । भेटका क्रममा प्राधिकरणका प्रबन्ध निर्देशक घिसिङले बस्ती माथिको हाइटेन्सन तार हटाउनका लागि प्राधिकरणले योजना अगाडि बढाउने प्रतिबद्धता जनाए ।
बुटवलको विद्युत् हाइटेन्सन व्यवस्थापन गर्न आग्रह
यो समाचार पढेर हजुरले कस्तो महसुस गर्नुभएको छ ??