रुपन्देहीको सिद्धार्थनगर नगरपालिकाले सूर्तिजन्य पदार्थको विक्री वितरणमा प्रतिबन्ध लगाउने निर्णय गरेको छ । सिद्धार्थनगरको नगर कार्यपालिकाको बैठकले गुट्खा प्रकृतिका सूर्तिजन्य पदार्थको विक्री वितरणमा प्रतिबन्ध लगाउने निर्णय गरेको हो । गुट्खा प्रकृतिका सूर्तिजन्य पदार्थको विक्री वितरणमा प्रतिबन्धको ३५ दिने सार्वजनिक सूचना जारी गरेको छ ।
गुट्खा प्रकृतिका सूर्तिजन्य तयारी पदार्थको सेवनले जनस्वास्थ्यमा असर गर्नुका साथै सोबाट निस्किने फोहोरले नगरको सौन्दर्यतामा समेत असर पारेकोले नगर क्षेत्रमा गुट्खा प्रकृतिका सूर्तिजन्य पदार्थको विक्री वितरणमा प्रतिबन्ध लगाइएको सिद्धार्थनगर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत नवराज पौड्यालले जानकारी दिनुभएको छ ।
३५ दिने सार्वजनिक सूचना जारी गर्दै ‘सो अवधी पश्चातपनि गुट्खा प्रकृतिका सूर्तिजन्य पदार्थको विक्री वितरण गरेको पाइएमा प्रत्येक पटक व्यवसायीलाई पाँच हजारका दरले जरिवानाले लिइने नगरपालिकाले जनाएको छ ।
सिद्धार्थनगर नगरपालिकामा सूर्तिजन्य पदार्थको विक्री वितरणमा प्रतिबन्ध लगाईने
यो समाचार पढेर हजुरले कस्तो महसुस गर्नुभएको छ ??