spot_img
spot_img
spot_img

रुद्रपुर सामुदायिक वन उपभोक्ता समूहको सातौ साधारण भेला सम्पन्न

spot_img

रुद्रपुर सामुदायिक बन उपभोक्ता समूह, कञ्चन ४,रुपन्देहीको सातौ साधारण भेला सम्पन्न भएको छ। सभामा समूहको बिधान संशोधन तथा वन कार्ययोजना नविकरण सम्बन्धी योजना प्रस्ताव प्रस्तुत गरिएको छ। समूहको विधान संशोधन प्रस्ताव प्रस्तुत गर्दै समूहका अध्यक्ष नाम बहादुर के।सी।ले बनको संरक्षण र सम्बर्द्धनमा सबै पक्षको भुमिका अपरिहार्य रहेको बताउनु भएको छ। कार्य समितिले मात्र बन संरक्षण जिम्मा नभई उपभोग गर्ने उपभोक्ताहरुको भुमिका र सक्रियता अझ सशक्त हुन आवस्यक रहेको बताउदै समूहका अध्यक्ष के।सी।ले हरेक दिन हरियो वनको महत्व र आवस्यकता बढ्दै गइरहेको समेत उल्लेख गर्नुभयो।

सभामा उपस्थित परिषद सदस्य तथा प्रतिनीधिहरुलाई सम्बोधन गर्दै कञ्चन गाउपालिकाका अध्यक्ष नवराज ढकालले वन जिवन भएको र जति जीवनको माया रहन्छ त्यति नै वनको माया र संरक्षण गर्नु अति आवस्यक रहेको बताउनु भयो। हिजो संरक्षणको आवस्यकताको आधारमा कार्ययोजना र ऐन कानुन निर्माण हुन्थ्यो भने अहिले उपयोग र दिगो वन व्यबस्थापन र सम्बर्द्धनमा आधारित कार्ययोजना, नीति र ऐनहरु निर्माण भइरहेको सन्दर्भमा उपभोक्ता र सरोकारवालाहरु अझ बढी जिम्मेवार हुनु पर्ने अध्यक्ष ढकालले बताउनु भयो। कार्यक्रमका प्रमुख अतिथि समेत रहनु भएका गाउँपालिकाका अध्यक्ष ढकालले समुदायले प्रत्यक्ष रुपमा लाभ लिनेगरी समूहबाट बन्ने कार्ययोजनालाई पुरा गर्न गाउँपालिका सदैव सहकार्य र समन्वय गर्ने समेत बताउनु भयो।
यस्तै वडा नं। ४ का वडा अध्यक्ष केशर बहादुर खत्रीले वनको सम्बद्र्धन गर्न उपभोक्ताहरुलाई उत्साहित गर्ने योजनाहरु संचालन गर्नु पर्ने उल्लेख गर्नु भयो। वनक्षेत्रका उपभोक्ताहरुलाई वन संरक्षणको औचित्य र महत्ववारे जानकारी दिएर उनिहरुलाई समेटेर कार्ययोजना निर्माण तथा कार्य समिति गठन गर्न सके अझ प्रभावकारी हुने बताउदै वडा अध्यक्ष खत्रीले वनको दिगो व्यबस्थापनका लागि भुमिकालाई प्रभावकारी बनाउन आफुले सहयोग र समन्वय गर्ने प्रतिबद्धता जाहेर गर्नुभयो।

यस्तै कञ्चन सब डिभिजन वन कार्यालय, फायरलाईनका सहायक वन अधिकृत धनिश्वर न्यौपानेले वन सम्बद्र्धनमा आधारित दिगो वन व्यबस्थापन र कार्य समिति गठन प्रकृया बारे नीतिगत बिषयमाथी सभामा जानकारी दिनु भएको थियो। सभाबाट कार्ययोजना अनुमोदन नभएसम्म वन संरक्षणबाहेक अन्य कार्यहरु गर्न बन्देज भएको र पछिल्लो समय देखिएको काठ तस्कर नियन्त्रणमा समूहबाट भएको सक्रियता र सहयोग महत्वपुर्ण रहेको सहायक वन अधिकृत न्यौपानेले उल्लेख गर्नुभयो।
कार्यक्रममा नेपाली कांग्रेसका देविराम रेग्मी, नेकपा माओवादी केन्द्रका पुष्पराज शर्मा, समूहका पुर्व अध्यक्षहरु बासुदेवद्विन पौडेल, गिरी प्रसाद पुन लगायतले वन भित्र अवैध काठ तस्करहरुको विगविगीलाई नियन्त्रण गर्नु र तस्करमा संलग्नहरुलाई जिवन जिउने बैकल्पिक आधारहरु तयार गर्नु चुनौतीपुर्ण रहेकोबारे चिन्ता व्यक्त गर्नु भएको थियो।
समूहका अध्ययक्ष नाम बहादुर के।सी।ले समूहको बार्षिक प्रतिवेदन तथा कोषाध्यक्ष लोकराज पौडेलले आर्थिक प्रतिवेदन प्रस्तुत गर्नु भएको थियो । भेलाले ०७८र०७९ को लेखापरीक्षण प्रतिबेदन, बिधान संसोधन, नयाँ कार्ययोजना नवीकरण प्रस्ताव पारित, काठ दाउरा कटान र बिक्रि सहमती माग गर्ने , निर्वाचनको तालिका प्रस्ताव, ०७९र०८० अनुमानि बजेट समेत अनुमोदन गरेको छ। यसैगरी भेलाले उमेरहदका कारण अव अवकास हुनु भएका रात्री चौकिदार खुम बहदुर गन्धर्वलाई सम्मान गरी बिदाइ गरेको छ।

समूहका अध्यक्ष नाम बहादुर के।सी।को अध्यक्षतामा सम्पन्न कार्यक्रम समूहका उपाध्यक्ष भिम बहादुर थापाले स्वागत गर्नु भएको थियो भने कार्यलय सचिव तुलसी प्रसाद अधिकारीले कार्यक्रम सञ्चालन गर्नु भएको थियो। निर्वाचनको तालिका प्रस्ताव भेलाबाट अनुमोदन पश्चात आजै कार्य समिति गठनका लागि निर्वाचन तालिका प्रकाशन गरिएको छ।

यो समाचार पढेर हजुरले कस्तो महसुस गर्नुभएको छ ??
गज्जब
0
माया
0
खुसी
0
हासो
0
अचम्मित
0
दुःखी
0
आक्रोशित
0

प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here

spot_img
spot_img