एजेन्सी । फिफा विश्व कप फुटबल २०२२ को उपाधि जितेको अर्जेन्टिनाको टिम स्वदेश पुगेको छ । टोलीलाई अर्जेन्टिनाको राजधानी ब्युनर्स आयर्सको विमानस्थलमा रातो कार्पेट बिछ्याएर हजारौँ व्यक्तिले स्वागत गरेका छन् । खेलाडीलाई रक ब्यान्ड ला मोस्काले मुचाचोस गाएर स्वागत गरेको समाचार संस्था एपीले जनाएको छ ।
गएको आइतवार राति कतारको लुसेल स्टेडियममा भएको फाइनलमा अर्जेन्टिनाले साविक विजेता फ्रान्सलाई पराजित गर्दै ३६ वर्षपछि विश्व कप जितेको हो। अर्जेन्टिनाले समग्रमा तेस्रो पटक विश्वकप जित्दा ३५ वर्षका लियोनल मेसीले भने करिअरको पहिलो विश्व कप उपाधि जितेका छन् ।
टोलीले आज ब्युनर्स आयर्समा रहेको ओबिलिस्कमा विश्व कप जितेको खुसीमा विजय उत्सव मनाउनेछ । ओबिलिस्क खेलकुद उत्सवको परम्परागत केन्द्रविन्दु हो । खुसीयाली मनाउन अर्जेन्टिनामा आज सार्वजनिक बिदा दिइएको छ ।
विश्वकप जितेको अर्जेन्टिनाको टिम स्वदेश पुग्यो
यो समाचार पढेर हजुरले कस्तो महसुस गर्नुभएको छ ??