रुपन्देही क्रीकेट संघको आयोजनामा भोलीदेखि भैरहवामा “साइ ग्लोबल कलेज कप २०७९” सुरु हुँदैछ । क्रिकेटको विकासमा स्कुल र कलेज स्तरको खेलाडी उत्पादन गर्ने प्रतियोगिताको लक्ष्य रहेको संघले जनाएको छ । प्रतियोगिताले भविष्यका निम्ति नया प्रतिभाहरु उत्पादन गर्ने दिशा तर्फ महत्वपूर्ण भूमिका खेल्ने का अध्यक्ष हरि बहादुर थापाले बताउनुभयो । कार्यक्रमबारे जानकारी दिने उद्देश्य ले भैरहवामा आयोजित पत्रकार सम्मेलनमा साइ ग्लोबल कलेजको एकेडमीको सहकार्यमा जिल्ला स्तरीय इन्टर कलेज प्रतियोगिता “साई ग्लोबल कप २०७२” को आयोजन गरिएको बताईएको छ ।
सिद्धार्थ रंगशालामा टी(द्दण् को फर्मेटमा खेलाइने यो खेलमा २० वटा टीमको सहभागीता रहने संघका सचिव सन्जय गुरुङले बताउनुभयो । पुष ६ गते देखि १६ गते सम्म सन्चालन हुने प्रतियोगितामा प्रथम हुनेले ४० हजार रुपैयाको साथै ट्रफी, मेडल र प्रमाणपत्र, उपविजेताले नगद २० रुपैयाको साथै ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्ने गुरुङले बताउनुभयो । यस्तै म्यान अफ द सिरिज ५ हजारक्क साथै ट्रफी र प्रमाणपत्र, बेस्ट ब्याटर २ हजार ५ सय साथै ट्रफी र प्रमाणपत्र, बेस्ट बलर २ हजार ५ सयका साथै ट्रफी र प्रमाणपत्र र प्रत्येक खेलको म्यान अफ द म्याच हुनेलाइ १ हजार रुपैया पुरस्कार दिइने उहाँले बताउनुभयो ।
बिगतका दिनमा साइ ग्लोबल एकेडमीले यो प्रतियोगिता आफै गराउदै आएकोमा क्रीकेटको विकासको लागि यो बर्ष देखि रुपन्देही क्रीकेट संघको सहकार्यमा प्रतियोगिता गर्न लागिएको साइ ग्लोबल एकेडमीमा प्रवन्ध निर्देशक मोती प्रसाद पौडेलले बताउनुभयो ।