spot_img
spot_img
spot_img

कञ्चनमा युवाहरुको सक्रियतामा सरसफाई अभियान शुरु

spot_img

“हरेक सवालमा सरकारलाई मात्र नकुरौ, आफु पनि जिम्मेवारी बनौं” भन्ने अभियान सहित आज कञ्चनका युवाहरुले लुम्बिनी फायरलाइन सडक खण्डमा सरसफाई गरेका छन। लुम्बिनी फायरलाइन सडक खण्डका दायाँ र बायाँ रहेका झाडीको सफाई गर्दै सरसफाईमा युवाहरुको सहभागितालाई प्रोत्साहित गरिएको हो। आफुहरुसंगै कञ्चनका जनप्रतिनीधि, बिभिन्न संघ संस्थाका प्रतिनीधि, स्थानीय व्यबसायी तथा कर्मचारीहरुको समेत सहभागिता रहेको सरसफाई अभियानमा युवाहरुको सक्रिय सहभागिता रहेको थियो।

सफाई अभियानमा सहभागी हुदै कञ्चन गाउपालिकाका अध्यक्ष नवराज ढकालले पुर्व पश्चिम राजमार्ग देखि लुम्बिनी फायरलाइन सडक खण्ड प्रबेश पछि कञ्चनको परिचयलाई सफा र स्वस्थ गाउको रुपमा परिचय बनाउनु पर्ने बताउनु भयो। सवल र समृद्ध गाउँपालिका बनाउने अभियानमा कञ्चनका युवाहरुको भुमिका महत्वपुर्ण हुने भन्दै अध्यक्ष ढकालले कञ्चनको अर्को मुख्य चुनौतीको रुपमा कञ्चनबाट निस्किने फोहोर मैला ब्यबस्थापन हुन सक्ने बताउनु भएको छ।

यस्तै उपाध्यक्ष मौसमी थापा मगरले कञ्चनलाई जंगल भित्रको गाउँको रुपमा नभई सुन्दर र वातावरणिय दृष्टिले स्वच्छ अनि स्वस्थ पालिकाको रुपमा बिकास गर्नु पर्नेमा जोड दिनुभयो। हरेक सवालमा सरकारलाई मात्र नकुरौं,आफु पनि जिम्मेवार बनौ भन्ने नाराका साथ सरसफाइमा आफै सहभलेख गर्नुभयो। अभियानलाई निरन्तरता दिनसके अभियानको सार्थकता बढ्ने उल्लेख मगरले गर्नुभयो।

अभियानको पहलिो दिन लुम्बिनी फायरलाइन सडक खण्ड अन्तर्गत फायरलाइनका सडक छेउ फैलिएका बनमारा, झाडी र बुट्यानहरुको सफाई गरिएको सफाई अभियानका एक सदस्य सन्तोष कडेंलले जानकारी दिनुभयो। यस्तै वडा नं ३ का वडासदस्य दीपक अधिकारीले सरसफाई अभियानलाई साप्ताहिक रुपमा हरेक हप्ताको बुधवार सञ्चालन गरिने बताउनुभएको छ।

यो समाचार पढेर हजुरले कस्तो महसुस गर्नुभएको छ ??
गज्जब
0
माया
0
खुसी
0
हासो
0
अचम्मित
0
दुःखी
0
आक्रोशित
0

प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here

spot_img
spot_img