रुपन्देहीको तिलोत्तमा २ योगिकुटी जागृती टोलमा बस्दै आउनुभएका सर्प उद्धारकर्ता दयाराम तिवारीको सर्पकै टोकाइबाट मृत्यु भएको छ। लामो समयदेखि सर्पको उद्धार कार्यमा लाग्दै आउनुभएका तिवारीलाई सोमबार साँझ सर्पले हातमा टोकेको थियो। सर्पले टोकेपछि उहाँलाई उपचारको लागी लुम्बिनी प्रादेशिक अस्पताल लगिएको थियो ।
तिवारीको उपचार कै क्रममा राति मृत्यु भएको स्थानीय विष्णु भट्टाराईले जानकारी दिनुभएको छ । सर्प देख्नासाथ गाउँलेहरु तिवारीलाई फोन गरेर बोलाउने गर्दथे । उहाँले रुपन्देहीका थुप्रै स्थानमा घरभित्र परेका सर्पलाई जीवितै उद्धार गर्दै आउनुभएको थियो ।
यो समाचार पढेर हजुरले कस्तो महसुस गर्नुभएको छ ??