द भ्वाइस अफ नेपाल चौथो सिजनको उपाधि करण राईले हात पारेका छन । गतराति भएको अन्तिम प्रतिष्पर्धामा टिम राजुबाट प्रतिस्पर्धा गरेका उनले तीन प्रतिस्पर्धीलाई पछि पार्दै भोटिङका आधारमा चौथो भ्वाइस अफ नेपालको उपाधि हात पार्न सफल भएका हुन ।
यस्तै, टिम राजेशबाट सविना योङहाङ लिम्बू फस्ट रनरअप घोषित भएकी छिन भने टिम प्रमोदबाट योगेश मगर सेकेण्ड रनरअप घोषित भएका छन। टिम प्रविशाबाट शाइल लिम्बू थर्ड रनरअप बनेका छन् । द भ्वाइस अफ नेपालको चौथो सिजनमा प्रमोद खरेल, राजु लामा, राजेश पायल राई र प्रविशा अधिकारी कोचको भूमिकामा रहेका थिए।
बिजेता बनेका करणले नगद २५ लाख रुपैयाँसहित पल्सर एन १६० मोटरसाइकल, साढे दुई तोला सुनको सिक्री, ग्यालेक्सी जेड फोल्ड फोन पुरस्कार प्राप्त गरेका छन।