spot_img
spot_img
spot_img

सार्वजनिक स्थलमा मास्क अनिवार्य लगाउन स्वास्थ्य मन्त्रालयको अनुरोध

spot_img

सार्वजनिक स्थलमा मास्क अनिवार्य लगाउन स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अनुरोध गरेको छ । एक विज्ञप्ति निकाल्दै मन्त्रालयले छिमेकी देशमा कोरोनाभाइरसको नयाँ भेरियन्ट बीएफ ७ को संक्रमण बढ्दै गएको भन्दै मास्क अनिवार्य लगाउन आग्रह गरेको हो ।

जारी विज्ञप्तिमा सेनिटाइजरको प्रयोग गर्ने, नियमित रुपमा साबुन पानीले हातधुने लगायत स्वास्थ्यका मापदण्ड पालना गर्न स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा संजयकुमार ठाकुरले अनुरोध गर्नुभएको छ । नेपालमा बीएफ–७ भेरियन्ट पुष्टि नभए पनि चीन र भारतमा बढ्दै गएकोले खुल्ला सीमाना र आवतजावतका कारण जोखिम रहेको मन्त्रालयको भनाई छ । विज्ञप्तिमा कोभिड–१९ को बुस्टर डोज खोप लगाउनु पनि अपील गरिएको छ ।

यो समाचार पढेर हजुरले कस्तो महसुस गर्नुभएको छ ??
गज्जब
0
माया
0
खुसी
0
हासो
0
अचम्मित
0
दुःखी
0
आक्रोशित
0

प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here

spot_img
spot_img