spot_img
spot_img
spot_img

बुस्टर डोज लगाएकालाई थप खोप दिने सरकारको तयारी

spot_img

कोभिड–१९ सङ्क्रमण बिरुद्धको लागी बुस्टर डोज खोप लगाएकालाई थप खोपको मात्रा दिने तयारी गरिएको छ। पहिलो र दोस्रो पूर्ण खोप लगाइ बुस्टर डोज लगाएकाहरुलाई थप डोज दिने स्वास्थ्य मन्त्रालयले तयारी गरेको जनाएको छ । मन्त्रालयले मापदण्ड तोकेका ५५ वर्षमाथिका वृद्धवृद्धा, दीर्घरोगीलगायतलाई प्राथमिकतामा राखेर यसअघि खोपको बुस्टर मात्रा लगाएकाहरुलाई थप मात्रा दिने तयारी छ। अहिले दुई मात्रा लगाएकालाई दिने बुस्टर मात्रा खोपको लागि १५ लाख डोज मगाइएको र अबको दुई हप्तापछि खोप आउने स्वास्थ्य मन्त्रालयले जनाएको छ।
मन्त्रालयले कोरोना भाइरसको सङ्क्रमण जोखिम बढेकाले अतिरिक्त मात्रा (बुस्टर डोज) खोप लगाउन आग्रह गर्दै आएको छ । मन्त्रालयका प्रवक्ता डा. सञ्जयकुमार ठाकुरले सङ्क्रमण छिमेकी भारत र चीनमा बढिरहेकाले सबैलाई बुस्टर डोज लगाउन आग्रह गर्नुभएको हो । छिमेकी देशमा देखिएको बीएफ–७ नामक प्रजातिको नयाँ भेरियन्ट खुला सिमानाका कारणले नेपालमा भित्रिन सक्ने भएकाले सजगता अपनाउन समेत स्वास्थ्य र गृह मन्त्रालयले आग्रह गरिसकेका छन् । तर नेपालमा अहिलेसम्म नयाँ प्रजातिको बीएफ–७ देखिएको छैन ।

यो समाचार पढेर हजुरले कस्तो महसुस गर्नुभएको छ ??
गज्जब
0
माया
0
खुसी
0
हासो
0
अचम्मित
0
दुःखी
0
आक्रोशित
0

प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here

spot_img
spot_img