सीआईबीको टोलीले अवैध गतिविधि (सुन प्रकरण)मा संलग्न रहेको आरोपमा ईलाका प्रहरी कार्यालय बुटवल रुपन्देहीका प्रहरी नायब उपरीक्षक (डीएसपी) ठगबहादुर केसीलाई पक्राउ गरेको छ। कालिकानगरमा रहेको एक रिसोर्टबाट ३५ तोला सुन र करिब १० लाख रुपैयासहित नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोको गएराति काठमाण्डौबाट खटिएको टोलीले बुटवलका खिलेन्द्रसिंह जिसीलाई पक्राउ गरेको थियो ।
थप अनुसन्धान गर्दै जादा डीएसपी केसीको यसमा संलग्न रहेको खुलेपछि डीएसपी केसीको निवासमा पुगेर उनलाई पक्राउ गरिएको सीआईबीका प्रवक्ता एवम् प्रहरी उपरीक्षक कमल थापाले जानकारी दिनुभएको छ। प्रहरीका अनुसार केसीले व्यापारीसँगको सुन नियन्त्रणमा लिएर आफैँ राखेको र सुन फिर्ताका लागि पैसा लिएको आरोप छ ।
केसीको घरमा खानतलासी गर्दा आठ लाख ५० हजार रुपैयाँ नगद र सुनजस्तो देखिने पहेँलो धातु फेला पारी बरामद गरीएको हो । ठगबहादुर केसी र खिलेन्द्रसिंह जिसीलाई आवश्यक कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय रुपन्देहीमा उपस्थित गराई अनुससन्धान अघी बढेको थापाले जानकारी दिनुभयो ।