उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेको नागरिकता विवाद भन्ने विषयमा सर्वोच्च अदालतले पुस २२ गते सुनुवाइ गर्नेभएको छ। सांसदको सपथ लिन रोकिपाउँ भन्दै परेको रिटमाथि अन्तरिम आदेश दिने कि नदिने भन्नेमा गत बुधबार संवैधानिक इजलासले कारण देखाउ आदेश मात्र दिएको थियो।
त्यो दिन अन्तरिम आदेश नभएपछि लामिछानेलाई शपथ लिन बाटो खुला भको थियो । उक्त आदेशअनुसार सर्वोच्चले यो विषयमा अन्तरिम आदेश दिने कि नदिने बहस गर्न पुस २२ गतेलाई पेशी तोकेको हो। गृहमन्त्री लामिछानेले अमेरिकी नागरिकता लिँदा नेपाली नागरिकता खारेज नगरेको र फेरि अमेरिकी नागरिकता त्याग गरेपछि पनि पुनस् पुरानै नागरिकताको प्रयोग गरेको आरोप छ।