तमु ह्युल छोज धि गुरुङ राष्ट्रिय परिषद रुपन्देही जिल्ला समिती र नेपाल नियमित रक्तदाता संघको आयोजनामा रक्तदान कार्यक्रम सम्पन्न भएको छ। बुटवलको महाज्ञान बौद्ध विहारमा सम्पन्न रक्तदान कार्यक्रममा २० जना रक्तदाताले रक्तदान गरेका थिए । तमु ह्युल छोज धि गुरुङ राष्ट्रिय परिषदका केन्द्रिय निर्बातमान संरक्षक सभापति माया गुरुङले ल्होसारको अवसरमा सञ्चालन गरिएको रक्तदान कार्यक्रमले मृत्युको मुखसम्म पुगेको बिरामीको ज्यान बच्ने हुनाले रक्तदान गर्नु राम्रो काम भएको बताउनु भएको छ।
कार्यक्रममा तमु ह्युल छोज धि गुरुङ राष्ट्रिय परिषद जिल्ला अध्यक्ष बिमला गुरुङ र सचिव ओम गुरुङले समेत बोल्नु भएको थियो ।
तमुहरुको महान पर्व तमु ल्होसारको सप्ताह व्यापी कार्यक्रममा विविध कार्यक्रम सञ्चालन भइरहेको सचीव ओम गुरुङले बताउनु भयो। पुस १३ गते बिपन्न तथा अशक्तहरुलाई फलफुल वितरण गरिने भएको भने पुस १४ गते र्याली सहित महायज्ञ बौद्ध बिहारमा तमु ल्होसार कार्यक्रम गरिने अध्यक्ष बिमला गुरुङले जानकारी दिनुभएको छ।