भैरहवामा जारी अन्तरकलेज जिल्लास्तरीय ‘साई ग्लोबल कप–२०७९’ टी–२० क्रिकेट प्रतियोगितामा काशी नोबल एकेडेमी र न्यु होराइजन कलेज सेमिफाइनलमा प्रवेश गरेका छन् । रुपन्देही क्रिकेट संघको आयोजनामा जारी खेलमा आज काशीले मुनलाइट उच्च माविलाई ७ विकेट र न्यु होराइजनले सिद्धार्थ इन्टरनेशनल कलेजलाई ८ विकेटले पराजित गर्दै सेमीफाइनलमा प्रबेश गरेको हो।
सिद्धार्थ रंगशालामा भएको पहिलो खेलमा टस जितेर ब्याटिङ गरेको मुनलाइटले निर्धारित २० ओभरको खेलमा १९ ओभरमा सबै विकेट गुमाउँदै ७४ रनको सामान्य लक्ष्य पेश गरेको थियो । जवाफी ब्याटिङ गरेको काशीले ११ दशमलब १ ओेभरमा ३ विकेटको नोक्सानीमा ७५ रन बनाउँदै लक्ष्य भेट्टायो र जित निकालेको हो। खेलमा काशीका शंकर राना म्यान अफ द म्याच भई पुरस्कृत भएका छन ।
यस्तै, दोस्रो खेलमा टस जितेर पहिला ब्याटिङ गरेको सिद्धार्थले निर्धारित खेलमा ९ विकेटको क्षतिमा ९४ रन बनाएको थियो । जवाफी ब्याटिङ गरेको न्यु होराइजनले १० ओभर ५ बलमा २ विकेटको नोक्सानीमा ९५ रन बनाउँदै जित निकालेको थियो । खेलमा न्यु होराइजनका सुमित पराजुली म्यान अफ द म्याच भई पुरस्कृत भएका छन ।पुस १६ गतेसम्म चल्ने प्रतियोगिताका विजेताले ४० हजार रुपैयाँ र ट्रफी तथा उपविजेताले २० हजार रुपैयाँ र ट्रफी प्राप्त गर्नेछन् ।