सुन प्रकरणमा पक्राउ परेका ईलाका प्रहरी कार्यालय बुटवलका डीएसपी ठगबहादुर केसी निलम्बित भएका छन् । सुन व्यापारीसँग घुस रकम लिएको आरोपमा प्रहरीको नियन्त्रणमा रहेका केसीलाई प्रहरी प्रधान कार्यालयले निलम्बन गर्न गृह मन्त्रालयमा सिफारि गरेको थियो । सिफारिस पछि आज (बिहीबार)गृह मन्त्रालयले केसीलाई निलम्बन गरेको हो।
नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरो सीआईबीले उनले व्यापारीबाट ३५ तोला सुन बरामद गरी मुद्दा प्रक्रिया अघि नबढाई पैसाको बार्गेनिङ गरेको जानकारी पाएपछिअनुसन्धान सुरु गरेको थियो। उनको निवासबाट ३५ तोला सुन र लाखौ नगद बरामद गरेको थियो ।
यो समाचार पढेर हजुरले कस्तो महसुस गर्नुभएको छ ??