spot_img
spot_img
spot_img

खोकीको औषधि खाँदा उज्बेकिस्तानमा १८ बालबालिकाको ज्यान गएपछि भारतले अनुसन्धान थाल्यो

spot_img

एजेन्सी। उज्बेकिस्तानले भारतमा बनेको खोकीको झोल औषधि खाँदा १८ बालबालिकाको ज्यान गएको दाबी गरेसँगै भारतले अनुसन्धान थालेको छ । नोएडाको मेरियन बायोटेकले बनाएको कफ सिरपसँग जोडिएको दाबीबारे भारत सरकारले अनुसन्धान सुरु गरेको बीबीसी हिन्दीले जनाएको छ ।
केन्द्रीय औषधि मानक नियन्त्रण सङ्गठनले जारी गरेको विज्ञप्तिमा यूपी ड्रग्स लाइसेन्सिङ प्राधिकरणले औषधि उत्पादन केन्द्रमा अनुसन्धान गरिरहेको उल्लेख गरेको छ । खोकी सिरपको नमुना लिइएको र चण्डीगढको क्षेत्रीय औषधि परीक्षण प्रयोगशालामा पठाइएको पनि सङ्गठनले जनाएको छ । तर भारतीय विदेश मन्त्रालयका प्रवक्ता अरिन्दम बागचीले भने यो विषयमा उज्बेकिस्तानले आधिकारिक जानकारी नगराएको बताउनुभएको छ । उहाँले अनुसन्धानसँग सम्बन्धित जानकारी लिन कोसिस गरिरहेको पनि बताउनुभएको छ ।

उज्बेकिस्तानको स्वास्थ्य मन्त्रालयले भारतको डोक–१ म्याक्स सिरपलाई १८ जना बालबालिकाको मृत्युको मुख्य कारण भएको जनाएको छ। यो औषधिमा परीक्षणका क्रममा इथिलिन ग्लाइकोल नामक विषाक्त पदार्थ भेटिएको पनि त्यहाँको स्वाथ्य मन्त्रालयले दाबी गरेको छ। यस्तै यी बालबालिकाले डाक्टरको प्रेसक्रिप्सन एवम् सल्लाहविना नै अधिक मात्रामा औषधि खाएका पनि उज्बेकिस्तानले जनाएको छ। विश्व स्वास्थ्य सङ्गठनले बालबालिकाको ज्यान गएको घटनाको छानबिन र अनुसन्धानका लागि उज्बेकिस्तानलाई सहयोग गर्ने जनाएको छ । यसअघि भारतमा बनाइएको खोकीको औषधि खाँदा अफ्रिकी देश गाम्बियामा ७० जना बालबालिकाको ज्यान गएको थियो ।

यो समाचार पढेर हजुरले कस्तो महसुस गर्नुभएको छ ??
गज्जब
0
माया
0
खुसी
0
हासो
0
अचम्मित
0
दुःखी
0
आक्रोशित
0

प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here

spot_img
spot_img