spot_img
spot_img
spot_img

लुम्बिनीमा उत्प्रेरणा तथा भाषण कला तालिम

spot_img

निजी तथा आवासिय विद्यालय एशोसियन नेपाल नेशनल प्याब्सन रुपन्देही लुम्विनी साँस्कृतिक नगर समितिले स्थानीय संस्थागत विद्यालयका लागि एक दिने उत्प्रेणा तथा भाषण कला तालिम कार्यक्रम गरेको छ । नेशनल प्याब्सनसँग आवद्ध सदस्य विद्यालयका शिक्षक÷महिला शिक्षकको वाक क्षमता अभिवृद्धिका लागि उत्प्रेणा तथा भाषण कला तालिम कार्यक्रम गरिएको हो । कार्यक्रममा स्थानीय एक दर्जन विद्यालयका ५० बढी शिक्षकहरुको सहभागिता रहेको थियो । कार्यक्रमको उद्घटन गर्दै लुम्विनी साँस्कृतिक नगरपालिकाका उपमेयर कल्पना हरिजनले सिकाईलाई ब्यवस्थित गर्न सके सकारात्मक शैक्षिक उपलब्धि हासिल हुने बताईन् ।

उनले संस्थागत विद्यालयको स्तरवृद्धिका लागि स्थानीय सरकारले कार्यक्रम बनाएर सहकार्य गर्ने समेत बताईन् । नेशनल प्याब्सन लुम्विनी नगर समितिका अध्यक्ष राम अवतार यादवको अध्यक्षतामा भएको कार्यक्रममा नेशनल प्याब्सन रुपन्देहीका कोषाध्यक्ष अमरनाथ पाठकले शिक्षकको क्षमता विकासका लागि नेशनल प्याब्सनले तालिकावद्ध रुपमा कार्यक्रम गर्दै जाने बताए । नेशनल प्याब्सनका लुम्विनी नगर सचिव रामप्रसाद यादवको संचालनमा भएको कार्यक्रममा एन प्याब्सन लुम्विनीका सदस्य समुझ यादवले सिकाई उपलब्धिलाई ब्यवहारमा लागु गर्न सुझाव एि ।

मोटिभेशनल स्पीकर तथा संचारकर्मी झविन्द्र देवकोटाले अभिभावक विद्यार्थी र शिक्षक विचको सम्वन्ध, बोल्ने शैली, भाषण कला, उद्घोषण लगायतका विषयमा सहजिकरण गरेका थिए ।

यो समाचार पढेर हजुरले कस्तो महसुस गर्नुभएको छ ??
गज्जब
0
माया
0
खुसी
0
हासो
0
अचम्मित
0
दुःखी
0
आक्रोशित
0

प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here

spot_img
spot_img