spot_img
spot_img
spot_img

मंगोल नेश्नल अर्गनाइजेसन रुपन्देहीले पार्टीको ३४ औं स्थापना दिवस

spot_img

मंगोल नेश्नल अर्गनाइजेसन रुपन्देहीले पार्टीको ३४ औं स्थापना दिवसको अवसरमा कार्यकर्ता भेला सम्पन्न गरेको छ। रुपन्देहीको सैनामैना वडा नं २ स्थित समयमाई मन्दिर परिसरमा सम्पन्न उक्त भेलामा बोल्ने वक्ताहरुले नेपालमा रहेका हरेक मंगोलहरु एकिकृत भई शरणार्थीको रुपमा आएका ब्राह्मणवादी चिन्तन सहितको राज्यसत्ता खोस्नुको बिकल्प नभएको बताएका छन। पार्टी स्थापन दिवसको अवसरमा भएको कार्यकर्ता भेटघाट कार्यक्रमलाई सम्बोधन गर्दै मंगोल नेश्नल अर्गनाइजेसनका केन्द्रिय सदस्य तेज कुमारी आलेले नेपालमा रहेका ८० प्रतिशत मंगोलहरु कुनै आदीवासी जनजाती नभई मुलवासी भएको समेत बताउनु भयो।

कार्यक्रमका प्रमुख अतिथि समेत रहनु भएको केन्द्रिय सदस्य आलेले नेपालका राजकिय जाती र समुदायको रुपमा रहेका मंगोलहरुलाई शरणार्थीको रुपमा नेपाल भित्रिएका ब्राह्मण तथा क्षेत्रीहरुले मंगोल राज्य कब्जा गरेर एकल जातिय शासन चलाइरहेको अरोप लगाउनुभयो ।

कार्यक्रमका बिशिष्ट अतिथि तथा केन्द्रिय सदस्य पम्फा सिंजालीले मुलवासी मंगोलहरुलाई राज्यसत्ताबाट अलग राख्न आदीवासी जनजातीको ट्याग लगाएर मुलवासीको हक अधिकार देखि टाढा राख्न खोजिएको अरोप लगाउनु भयो। अव मंगोलहरुले आफ्नो मानव अस्तित्वका लागि आवाज बुलन्द गर्दै संघर्ष गर्नुको कुनै बिकल्प नभएको बताउनुभयो। मंगोल नेश्नल अर्गनाइजेसन जिल्ला सम्मेलन तयारी समितिका संयोजक प्रेम अढई मगरको अध्यक्षतामा भएको कार्यक्रममा पार्टीका सल्लाहकार पुर्ण बहादुर आले, खिल बहादुर गाहा, बुद्धी सागर थारु, कर्ण बहादुर गुरुङ्ग, सोम बहादुर थापा लगायतले मंगोल राज्यसत्ता फर्काउन देशभरका मुलवासी मंगोलहरुको एकता आवस्यक रहेको र मंगोलहरुको एकताले मात्र मंगोल राज्यसत्ता प्राप्त हुने उल्लेख गरेका थिए।

मंगोल नेश्नल अर्गनाइजेसन जिल्ला सम्मेलन तयारी समितिका सचिव श्याम रानाको सञ्चालन तथा सदस्य खडक मिलन रानाको स्वागतमा सम्पन्न कार्यक्रममा करिब २ सय जनाको सहभागिता रहेको मंगोल नेश्नल अर्गनाइजेसनका कला सिंजाली मगरले जानकारी दिनु भएको छ। ३४ बर्ष अगाडी अर्थात बि।सं। २०४५ साल पुस १८ गते गोपाल गुरुङ्गको नेतृत्वमा एकल ब्राह्मण जातिय राज्यसत्ताको बिरुद्धमा मंगोलहरुको हक अधिकार सुनिश्चित गर्न मंगोल नेश्नल अर्गनाइजेसन नाम राजनैतिक दल स्थापन भएको थियो।

यो समाचार पढेर हजुरले कस्तो महसुस गर्नुभएको छ ??
गज्जब
0
माया
0
खुसी
0
हासो
0
अचम्मित
0
दुःखी
0
आक्रोशित
0

प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here

spot_img
spot_img