-रवि राना
असल बचत तथा ऋण सहकारी संस्था लिमिटेड शुद्धोधन ४ फर्साटिकरको १५ औं वार्षिक साधारण सभा शनिबार सम्पन्न भएको छ। साधारण सभाको उद्घाटन गर्दै शुद्धोदन गाउपालिकाका अध्यक्ष बिष्णु प्रसाद बस्यालले सहकारीहरु सस्थाहरु उद्देश्य अनुरुप सञ्चालन हुनुपर्ने बताउनु भयो । कार्यक्रमका प्रमुख अतिथि समेत रहनु भएका गाउपालिका अध्यक्ष बस्यालले बचत तथा लगानी गर्ने सहकारी बचत र ऋण लगानीमा केन्द्रित हुनुपर्ने बताउदै सदस्यहरुको जिवनस्तर सुधार गर्नका लागि अगाडि बढ्नुपर्ने बताउनुभयो । अध्यक्ष बस्यालले सहकारी संस्थाको थप प्रवद्धनका निम्ति गाउँपालिकाले आवश्यक सहयोग गर्ने प्रतिवद्धता समेत व्यक्त गर्नुभयो । जिल्ला सहकारी संघ रुपन्देहीका कोषाध्यक्ष दामोदर पङ्गेनीले वर्तमान समयमा सहाकारी शेयर सदस्यहरुको जिवनमा अपरिहार्य रहेको बताउनु भयो । पछिल्लो समय आएका केही सहकारीका घटनाहरुले सबैलाइ झस्काएको बताउदै केही खराब व्याक्तिहरु सहकारीमा गरेको प्रबेशले सहकारीप्रती नकारात्मक भावना जागृत भएको उल्लेख गर्नुभयो। समग्र सहकारीको सन्दर्भमा कुनै समस्या नभएको भन्दै ढुक्कसङ्ग सहकारीसङ्ग कारोबार गर्न समेत पंगेनीले आग्रह गर्नुभयो।
सभामा शुद्धोधन सहकारी शाखा प्रमुख मानबहादुर भण्डारीले सहकारीको समग्र आर्थिक कारोबार सन्तोषजनक रहेको उल्लेख गर्दै सेयर सदस्य वृद्धि गर्ने तर्फ भन्दा सेयर सदस्यहरुको जिवनस्तर सुधार गर्न लाग्नुपर्ने बताउनुभयो। कार्यक्रममा शुद्धोधन गाउँपालिका वडा न।४ अध्यक्ष केशव प्रसाद अधिकारी, वडा न।३ का अध्यक्ष हेम बहादुर खड्का ,चामुण्डा सहकारीका उपाध्यक्ष ओमबहादुर फौदार ,संस्थापक अध्यक्ष मधुप्रसाद खनाल लगायतले सस्थाको थप प्रगतिको लागि शुभकामना व्यक्त गर्नुभयो।
सभाले संस्थाका अध्यक्ष बालकृष्ण पराजुलीले सञ्चालक समितिको तर्फबाट प्रस्तुत गर्नु भएको संस्थाको बार्षिक प्रतिवेदन र लेखा सुपरिबेक्षण समितिको तर्फबाट संयोजक बलराम पाण्डेले लेखा सुपरिवेक्षण प्रतिवेदन, कोषाध्यक्ष सालिकराम बस्यालले प्रस्तुत गर्नुभएको आर्थिक प्रतिबेदन सर्बसम्मत अनुमोदन गरेको छ। संस्थाले १ करोड ९३ लाख १७ हजार ६ सय शेयर पूँजी तथा ५ करोड ३७ लाख ४३ हजार १ सय ८ कर्जा लगानी गरि ३ करोड ५६ लाख २१ हजार ५ सय बचत संकलन गरेको छ। सस्थामा ६२४ जना सेयर सदस्य रहेको सहकारीको नाफा २७ लाख ९२ हजार ७ सय ६ रुपैयाँ नाफा रहेकोछ।
सभामा सहकारीले आफ्ना जेष्ठ नागरिक शेयर सदस्य र१०ं२ मा उत्कृष्ट नतिजा भइ उत्तीर्ण हुने शेयर सदस्यहरुका छोरा छोरी, असल बचत कर्ता,असल ऋणी र अपाङ्ग सेयर सदस्यहरुलाई सम्मान गरिएको थियो कार्यक्रम सहकारी अध्यक्ष बालकृष्ण पराजुलीको अध्यक्षतामा सम्पन्न सचिव हेमन थापाको सञ्चालन तथा उपाध्यक्ष कर्ण बहादुर काफ्लेले स्वागत गर्नु भएको थियो।