spot_img
spot_img
spot_img

लुम्बिनीका प्रदेश सभा सदस्यहरुद्धारा शपथ ग्रहण

spot_img

लुम्बिनी प्रदेश सभाका सदस्यहरुले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन । आइतवार लुम्बिनी प्रदेशको राजधानी भालुवाङमा आयोजित समारोहमा नवनिर्वाचित सदस्यहरुले प्रदेश प्रमुख अमिक शेरचनबाट शपथ लिएका हुन् । प्रतिनिधि सभा तथा अन्य प्रदेशमा प्रदेश प्रमुखले ज्येष्ठ सदस्यलाई शपथ गराइ ज्येष्ठ सदस्यले प्रदेश सभा सदस्यलाई शपथ गराउने चलन रहे पनि लुम्बिनीमा भने प्रदेश प्रमुखले नै शपथ गराउदै आएका छन ।

८७ जना प्रदेशसभा सदस्यमध्ये नौ जनाले मातृभाषामा शपथ लिएका छन् भने बाँकी ७८ जनाले नेपाली भाषामै शपथ लिएका छन् । स्थायी राजधानी दाङको देउखुरीस्थित राप्ती प्राविधिक शिक्षालय परिसरमा रहेको प्रदेशसभा भवनमा शपथग्रहण कार्यक्रम आयोजना गरिएको थियो । प्रदेशसभा नियमावली ०७९ को दफा ४ को उपदफा १ बमोजिम प्रदेशसभामा निर्वाचित भई आउने सदस्यलाई प्रदेश प्रमुखले पद तथा गोपनियताको शपथ ग्रहण गराउने व्यवस्थाअनुसार प्रदेश प्रमुखबाटै शपथ ग्रहण गराइएको हो ।

लुम्बिनी प्रदेशसभामा प्रत्यक्षबाट ५२ र समानुपातिकबाट ३५ गरी ८७ प्रदेशसभा सदस्य निर्वाचित भएका छन् ।लुम्बिनी प्रदेश सभा बैठकको अध्यक्षता ज्येष्ठ सदस्य डिल्लीराज भुसालले गर्नु हुने भएको छ । प्रदेश प्रमुखले ६९ वर्षीय भुसाललाई यससम्बन्धी जिम्मेवारी पत्र प्रदान गर्नुभएको छ । भुसाल नेकपा एमालेबाट गुल्मी २ क बाट निर्वाचित हुनुभएको हो । प्रदेश सभाको पहिलो बैठक भोलि सोमवार दिउँसो १ बजे बस्नेछ।

यो समाचार पढेर हजुरले कस्तो महसुस गर्नुभएको छ ??
गज्जब
0
माया
0
खुसी
0
हासो
0
अचम्मित
0
दुःखी
0
आक्रोशित
0

प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here

spot_img
spot_img