नेपाल क्रान्तिकारी किसान सङ्घको तेस्रो राष्ट्रिय सम्मेलन आगामी माघ २८ र २९ गते हुने भएको छ । नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेँ (रोहित) को उपस्थितिमा बसेको नेपाल क्रान्तिकारी किसान सङ्घको केन्द्रीय समितिको बैठकले बाराको कलैयामा राष्ट्रिय सम्मेलन गर्ने निर्णय गरेको हो ।
राष्ट्रिय सम्मेलन भव्यरूपमा सफल पार्न डिल्लीप्रसाद काफ्लेको संयोजकत्वमा सङ्गठन ्व्यवस्थापन समिति, कृष्णगोविन्द खाइजुको संयोजकत्वमा आर्थिक प्रचार समिति, हरिराम सुवालको संयोजकत्वमा विधान संशोधन समिति र नारायण भेलेको संयोजकत्वमा प्रचार समिति गठन गरिएको छ । सम्मेलन सफल पार्न सङ्गठनका सबै कार्यकर्ता, समर्थक र शुभेच्छुक साथीहरूमा सक्दो सहयोग गर्न अपिल गर्ने बैठकले निर्णय गरेको छ ।
नेपाल क्रान्तीकारी किसान संघको राष्ट्रिय सम्मेलन कलैयामा माघ २८ देखि
यो समाचार पढेर हजुरले कस्तो महसुस गर्नुभएको छ ??