नेकपा एमालेको लुम्बिनी प्रदेश संसदीय दलको नेतामा लीला गिरी चयन हुनुभएको छ। दाङको देउखुरीमा बसेको संसदीय दलको बैठकले रुपन्देही क्षेत्र न २ (क) बाट निर्वाचित प्रदेश सभा सदस्य गिरीलाई सर्वसम्मत दलको नेता चयन गरेको हो ।
पार्टीका महासचिव शंकर पोखरेल,सचिव छबिलाल विश्वकर्मालगायतको उपस्थितिमा बसेको बैठकले गिरीलाई सर्वसम्मत दलको नेता चयन गरेको बताइएको छ। संसदीय दलको नेतामा लीला गिरीसँगै चेतनारायण आचार्य,भुमिश्वर ढकाल र भोजप्रसाद श्रेष्ठ पनि आकांक्षी थिए ।
यो समाचार पढेर हजुरले कस्तो महसुस गर्नुभएको छ ??