प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले यही पुसको २६ गते विश्वासको मत लिनु हुनुभएको छ। विश्वासको मत पाएपछि मात्र उहाँँले मन्त्रिपरिषद् विस्तार गर्ने बताउँदै आउनुभएको छ । सोही अनुरुप प्रधानमन्त्री प्रचण्डले आज (सोमवार) सङ्घीय संसद्का महासचिवलाई पत्र लेखी २६ गते विश्वासको मत लिने व्यवस्था मिलाइदिन आग्रह गर्नुभएको हो । दुई सय ७५ सदस्यीय प्रतिनिधि सभाको विश्वास लिन प्रधानमन्त्रीले एक सय ३८ सांसदको समर्थन लिनुपर्दछ ।
नेकपा एमाले, नेकपा माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, जनता समाजवादी पार्टी, जनमत पार्टी, नागरिक उन्मुक्ति पार्टी र केही स्वतन्त्र सांसदको समर्थनमा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड पुस १० गते प्रधानमन्त्रीमा नियुक्त हुनुभएको थियो। प्रतिनिधि सभाको पहिलो भने बैठक यही २५ गते बस्दै छ ।