अर्घाखाँँचीको शितगंगा नगरपालिका १० बहखोरकी ६० बर्षिय राधा थापाको हत्या गरेको आरोपमा एक भारतिय नागरिक पक्राउ परेका छन । आइतबार बिहानै उठेर दुध लिन हिडेकी राधा केहीबेरपछि मृत अवस्थामा फेला परेकी थिईन । प्रहरीले घटनाको प्रकृती हेर्दा हत्या भएको हुनसक्ने आशंका गरेपछि अनुसन्धान अगाडी बढाएको थियो । अनुसन्धान गर्दै जादा थापालाइ हत्या गरी थापाले लगाएका गरगहना लुटेर भाग्दै गरेका भारतीय नागरिक २३ बर्षिय सुशान्त सिंहलाई प्रहरीले शितगंगा नगरपालिका वडा नम्वर ११ को मुन्द्रीबासको जंगलबाट पक्राउ गर्न सफल भएको हो ।
हत्याराले थापाको शरिरबाट कानमा लगाउने मडहरी, सिक्री लगायतका सुनका गरगहना लुटेर लगेको स्थानीय माधव पौडेलले बताउनुभयो । पक्राउ परेका सिंहले खोल्सीमा लुकेर बसी राधालाई हसिया र ढुंगाले हानेर हत्या गरेको प्रहरी समक्ष स्वीकार गरेका छन् । उनलाई जिल्ला अदालत अर्घाखाँचीबाट ७ दिनको म्याद थप गरी अनुसन्धान भैरहेको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव उपरिक्षक मुकुन्द प्रसाद रिजालले बताउनुभयो ।