सरावल गाउपालिका पाचौं अध्यक्ष कप नकआउट फुटवल प्रतियोगिता अन्तर्गत कञ्चन–११ र विपी स्मृति क्लब, माकर बिचको प्रतिस्पर्धामा कञ्चन–११ ले विपी स्मृति क्लब, माकरलाई ३२ गोल अन्तरले पराजित गरी क्वाटर फाइनलमा प्रबेश गरेको छ।
कञ्चन–११ र विपी स्मृति क्लब, माकर बिच भएको प्रतिस्पर्धामा कञ्चन ११ ले रोमाञ्चक जितका साथ पाँचौं सरावल अध्यक्ष कप राष्ट्रिय फुटबल प्रतियोगिताको क्वाटरफाइनलमा प्रवेश गरेको हो।
सरावल–११, बसही, नवलपरासी स्थित बसही रंगशालामा भएको खेलमा कञ्चन–११ का सुरज चौधरी म्यान अफ द म्याच घोषित भएका छन । म्यान अफ दि म्याचको उपाधी हात पारेसंगै चौधरीले नगद १हजार ५ सय रुपैया र ट्रफी प्राप्त गरेका छन । प्रतियोगिता अन्तरगत पौष १८ गते सोमबारको खेल अभिषेक चर्च, रजहर र जनज्योति क्लब, डिंगरनगरबीच भइरहेको आयोजकले जानकारी दियो ।
सरावल गाउँपालिकाको आयोजना तथा बसन्त युथ क्लब, सरावल–१, बसही, नवलपरासीको सह–आयोजनामा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद २,२२,२२२ रुपैयाँ हात पार्नेछ भने उपविजेताले १,११,१११ रुपैयाँ प्राप्त गर्नेछ । फाइनल खेल यहि पौष ३० गतेका दिन हुनेछ ।