रुपन्देहीको रोहिणी गाउँपालिकाभित्रका विद्यालयहरु ६ दिनका लागि बन्द हुने भएका छन । पछिल्लो समय जाडो अत्यधिक बढ्दै गएकाले बालबालिकाहरुको स्वास्थ्यलाई मध्यनजर गरी पुस १९ देखि पुस २४ गतेसम्म सबै सामूदायिक, धार्मिक तथा संस्थागत विद्यालयहरु बन्द रहने गाउँपालिकाका अध्यक्ष विद्याप्रसाद यादवले जानकारी दिनुभएको छ।
गाउँपालिकाले आज (सोमबार) सूचना जारी गर्दै मौसम प्रतिकुल भइ जाडो बढेकाले वर्षे विदाबाट काटिने गरी ६ दिन विद्यालयहरु बन्द रहने जनाएको छ ।
यो समाचार पढेर हजुरले कस्तो महसुस गर्नुभएको छ ??