spot_img
spot_img
spot_img

रेसुङ्गा नगरपालिकाद्वारा रेसुङ्गा क्याम्पसलाई ५० लाख रुपैया सहयोग

spot_img

-कौरव खत्री
गुल्मीको रेसुङ्गा नगरपालिकाले ५० लाख रुपैया रेसुङ्गा बहुमुखी क्याम्पसलाई आर्थिक सहयोग गरेको छ । रेसुङ्गा बहुमुखी क्याम्पस सञ्चालक समितिले सो क्याम्पसलाई आर्थिक संकटकाल घोषणा भएको गरे पछि गुल्मीको शैक्षिक धरोहर भनिएको रेसुङ्गा बहुमुखी क्याम्पसलाई नगरपालिकाद्धारा ५० लाख रुपैया सहयोग गरेको हो । सोमबार रेसुङ्गा नगरपालिकाका नगर प्रमुख खिलध्वज पन्थीले रेसुङ्गा बहुमुखी क्याम्पसका सञ्चालक समिति अध्यक्ष श्रीप्रसाद भलामीलाई ५० लाखको नगद चेक हस्तान्तरण गर्नुभएको हो ।

रकम हस्तान्तरण गर्दै रेसुङ्गा नगरपालिकाका नगर प्रमुख खिलध्वज पन्थीले गुल्मीको भाग्य र भबिष्यसँग जोडिएको क्याम्पसमा आर्थिक दायित्व बढेकोले आर्थिक सहयोग गर्ने निर्णय अनुसार क्याम्पसलाई सहयोग गरिएको बताउनुभयो । गुल्मीको समुन्नतिको आधार रेसुङ्गा क्याम्पस भएकोले रेसुङ्गा नगरपालिका शैक्षिक धरोहर जोगाउन प्रतिबद्ध रहेको बताउदै नगर प्रमुख पन्थीले क्याम्पसलाई पुरानै लयमा फर्काएर नयाँ ढङ्गबाट जोगाउनको लागि नगरपालिकाले भावी दिनमा पनि सहयोग गर्ने बताउनुभयो । नगर प्रमुख पन्थीले अब छिट्टै अर्को ५० लाख आर्थिक सहयोग गरिने समेत बताउनुभयो ।

गुल्मीको विकासको प्रमुख आधार रेसुङ्गा बहुमुखी क्याम्पसलाई संरक्षण गर्ने उद्देशयका साथ रेसुङ्गा बहुमुखी क्याम्पसलाई नगरपालिकाले ५० लाख आर्थिक सहयोग गरेको प्रति आभार ब्यक्त गर्दै रेसुङ्गा बहुमुखी क्याम्पस सञ्चालक समिति अध्यक्ष श्रीप्रसाद भलामीले रेसुङ्गा नगरपालिकालाई धन्यवाद दिनुभयो ।
रेसुङ्गा नगरपालिकाले यस अगाडी आर्थिक संकटकाल घोषणा गरेको क्याम्पसलाई पुरानै लयमा ल्याउने भन्दै एक करोड सहयोग यसै आर्थिक बर्ष दिने निर्णय गरेको थियो ।

यो समाचार पढेर हजुरले कस्तो महसुस गर्नुभएको छ ??
गज्जब
0
माया
0
खुसी
0
हासो
0
अचम्मित
0
दुःखी
0
आक्रोशित
0

प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here

spot_img
spot_img