spot_img
spot_img
spot_img

भौतिक सम्पत्तिभन्दा नैतिकता मूल्यवान : प्रमुख प्रजापति

spot_img

भक्तपुर नगरपालिकाद्वारा सञ्चालित ख्वप बहुप्राविधिक अध्ययन संस्थान नर्सिङ विभाग प्रथम वर्षका विद्यार्थीहरुले फोहरमैला व्यवस्थापनबारे मंगलबार भक्तपुर नपाको अध्ययन अवलोकन भ्रमणमा गरेका छन् । सोही क्रममा भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले स्वच्छ र सफा वातावरणमा बस्ने सबै नागरिकको आवश्यकता र चाहना भएको बताउँदै सहरी क्षेत्रमा फोहर व्यवस्थापन झनै चुनौतीपूर्ण बन्दै गइरहेको बताउनुभयो ।

भौतिक सम्पत्ति भन्दा नैतिकता नै मूल्यवान भएको बताउनुहुँदै प्रमुख प्रजापतिले योग्य विद्यार्थीहरुले देश र समाजको निम्ति योगदान गर्ने हुँदा आफ्नो योग्यता र क्षमता अभिवृद्धि गर्नेतर्फ विद्यार्थीहरु अग्रसर हुनुपर्ने बताउनुभयो । परीक्षा उत्तीर्ण गर्नको निम्ति मात्र अध्ययन गर्ने नभई नयाँ नयाँ कुरा सिक्न र अनुभव गर्न गहनताका साथ अध्ययनमा जोड दिनुपर्ने बताउनुहुँदै नगर प्रमुख प्रजापतिले आफ्नो कार्यक्षेत्रमा इमानदारीपूर्वक काम गर्न विद्यार्थीहरुलाई मार्गनिर्देश गर्नुभयो ।

कार्यक्रममा भक्तपुर नपा श्यानिटेशन शाखा प्रमुख दिलिपकुमार सुवाल र वडा निरीक्षक रामकृष्ण प्रजापतिले फोहोर व्यवस्थापनमा भक्तपुर नपाले गरिरहेका प्रयासबारे आ–आफ्नो विचार राख्नुभयो । सफाई गर्नु सबै नागरिकको साझा जिम्मेवारी भएको बताउँदै काठमाडौं उपत्यका सफा, सुन्दर र स्वच्छ बनाउन सबैले आ–आफ्नो क्षेत्रबाट सहयोग गर्न वहाहरुले आग्रह गर्नुभयो ।

यो समाचार पढेर हजुरले कस्तो महसुस गर्नुभएको छ ??
गज्जब
0
माया
0
खुसी
0
हासो
0
अचम्मित
0
दुःखी
0
आक्रोशित
0

प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here

spot_img
spot_img