सिद्धार्थनगर नगरपालिका क्षेत्र अन्तर्गत विद्युतीय पोलमा रहेका अव्यवस्थित तार व्यवस्थित गर्न माग गरिएको छ । जथाभावी अव्यवस्थित रुपमा पोलमा झुण्डिएका तारहरुका कारण दुर्घटनाको जोखिम बढेकाले व्यवस्थित गर्नुपर्ने माग गरिएको छ । सिद्धार्थनगर नगरपालिका वडा नम्बर १ का वडाअध्यक्ष उज्जवल पोखरेलले विद्युतीय पोलमा केबल, इन्टरनेट, टेलिफोनका तार अव्यवस्थित रुपमा झुण्डिएका कारण धनजनको क्षति हुने सम्भावना बढेकोले यसतर्फ सम्बन्धित निकायको ध्यान जान आवश्यक रहेको उल्लेख गर्नुभएको छ ।
प्रयोगमा नरहेका तार र अन्य उपकरणहरु तत्काल हटाएर व्यवस्थित गर्नुपर्ने भन्दै सडकमै लत्रिरहेका, बीचमा तार टुक्रिएर सडकसम्म झुण्डिएको, एउटै पोलमा धेरै तार राखिएकोले अनावश्यक तार नहटाउँदा दुर्घटनाको जोखिम बढेको उहाको भनाइ छ । सिद्धार्थनगर नगरपालिकाको आगामी कार्यपालिका बैठकमा समेत यो कुरा आफूले राख्ने उहाँले बताउनुभएको छ ।
सिद्धार्थनगरका विद्युतीय पोलमा रहेका अव्यवस्थित तार व्यवस्थित गर्न माग
यो समाचार पढेर हजुरले कस्तो महसुस गर्नुभएको छ ??