सहिद दुर्गा वसन्त स्मृति प्रतिष्ठानको आयोजनामा सहिद वसन्त पौडेल (बलु)को पाँचौ वार्षिक स्मृतिमा स्मृति सभा एवम् निशुल्क दन्त परिक्षण गरिएको छ। प्रतिष्ठानको अध्यक्ष दिपेश मल्लको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रमुख अतिथ्यता देवदह नगरपालिकाको नगर प्रमुख ध्रुब प्रसाद खरेलको रहेको थियो । उहाँले कार्यक्रम मा बोल्दै सहिद बसन्तले समाजमा गरेको योगदानको चर्चा गर्दै उहाले देखाएको बाटोमा लाग्न युवाहरुलाई आग्रह गर्नुभएको थियो। उहाले देवदहलाई भयावहमुक्त समाज निर्माण गर्नु पर्ने कुरामा जोड दिनुभयो। उहाँले यो समाजलाई अध्यात्म तर्फ लाग्नु पर्ने बताउनुभयो। सहिद बसन्तलाई सम्मान गर्दै उहाले डोर्याएको बाटोलाई पछ्याउन आग्रह गर्नुभयो।
कार्यक्रममा लुम्बिनी विकास कोषका कोषाध्यक्ष तथा सहिद दुर्गा वसन्त स्मृति प्रतिष्ठानका संस्थापक अध्यक्ष सिद्दिचरण भट्टराई, प्रतिष्ठानका संरक्षक चक्रपाणी तिवारी, समाजसेवी ऋषिराम सापकोटा ,सहकारी अभियान्ता प्रकाश अर्याल, समाजसेवी वेद गिरी, शिक्षक नमकान्त पाण्डे लगाएतले बोल्दै अपराध मुक्त समाज निर्माण गर्न तर्फ ध्यान दिदै समाज रुपान्तरण गर्नु पर्ने कुरामा जोड दिएका थिए।
कार्यक्रममा सहिद प्रति श्रर्द्धा सुमन ब्यक्त गर्दै मौन धारणा र तस्बिरमा पुष्प गुच्छा अर्पण गरिएको थियो । सोही अवसरमा विजय डेन्टल होमको प्राविधिक सहयोगमा निशुल्क दन्त शिविर सम्पन्न भएको थियो। सो शिविरबाट ७३ जनाले लाभ लिएको प्रतिष्ठानका उपाध्यक्ष सन्दिप तिवारीले बताउनुभयो। कार्यक्रम सरस्वती पोखरेलको स्वागत र सह सचिव गोपाल पाण्डेको सञ्चालनमा भएको थियो।