spot_img
spot_img
spot_img

बाँकेमा दादुरा फैलिएपछि खोप कार्यक्रम चलाउने सरकारको तयारी

spot_img

बाँकेमा दादुरा फैलिएपछि सरकारले अभियानकै रुपमा खोप कार्यक्रम चलाउने तयारी गरेको छ । तत्कालका लागि बाँकेको दादुरा प्रभावित क्षेत्रमा खोप अभियान सुरु गर्न लागिएको स्वास्थ्य सेवा विभाग परिवार कल्याण महाशाखाका प्रमुख डा. विवेककुमार लालले जानकारी दिनुभएको छ। सरकारले दुई वर्ष मुनिका बालबालिकालाई ९ महिना र १५ महिनाको उमेरमा दुई पटक दादुरा रुबेलाविरुद्धको खोप निःशुल्क दिने गरेको छ । तर नेपालगञ्जमा सङ्क्रमित २९ जनामध्ये २५ जनाले खोप नलगाएको पाइएको छ।

दादुरा सङ्क्रमणबाट त्यहाँ ३१ महिनाका बालकको ज्यान गएको छ भने २८ जनामा सङ्क्रमण पुष्टि भएको छ। बाँकेलाई दुई वर्षअघि नै ‘पूर्ण खोप’ जिल्ला घोषणा गरिएको थियो । गएको १३ गतेदेखि दादुराका बिरामी फेला परेको नेपालगञ्ज उपमहानगरपालिका ७ वटा वडामा सङ्क्रमण फैलिईसकेको छ ।

सङ्क्रमित हुने बालबालिका ५ देखि १२ वर्ष उमेर समूहका छन् । यो एउटा सर्ने रोग हो । दादुरा सङ्क्रमित बालबालिकामा ज्वरो आउने, नाकबाट पानी बग्ने, शरीरमा राता राता बिमिरा आउने लक्षण देखिन्छ । स्वास्थ्यकर्मीले दादुरा छिटो सर्ने सरुवा रोग भएकाले बिरामीलाई छुट्टै ठाउँमा राख्ने र लक्षण देखिएकाको तथ्याङ्क सङ्कलन गर्ने काम गरिरहेका छन् । नेपालगञ्ज उपमहानगरभित्र एक हजार ७७ जनाले खोप नै नलिएको समेत पाइएको छ ।

यो समाचार पढेर हजुरले कस्तो महसुस गर्नुभएको छ ??
गज्जब
0
माया
0
खुसी
0
हासो
0
अचम्मित
0
दुःखी
0
आक्रोशित
0

प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here

spot_img
spot_img