spot_img
spot_img
spot_img

रूसी राष्ट्रपति पुटिनद्वारा ३६ घण्टे युद्धविरामको घोषणा : युक्रेनको अस्वीकार

spot_img

एजेन्सी । युक्रेनमाथि आक्रमण सुरु गरेको १० महिनाभन्दा लामो समयपछि रुसले पहिलो पटक ३६ घण्टे युद्धविरामको घोषणा गरेको छ। ‘अर्थोडक्स’ इसाईहरुको क्रिसमस पर्वको अवसर पारेर रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले आजदेखि लागू हुने गरी ३६ घण्टाका लागि युद्धविरामको घोषणा गर्नुभएको हो। जनवरी ७ तारिखमा ‘अर्थोडक्स’ क्रिसमस मनाइँदैछ ।

युक्रेनले अस्थायी युद्धविरामलाई अस्वीकार गरेको छ । युक्रेनी राष्ट्रपतिका सल्लाहकार माइखेलो पाडोल्याकले कब्जा गरेको युक्रेनी भूमि छाडेर रुसी सेना फिर्ता नभएसम्म कुनै पनि अस्थायी युद्धविराम नहुने बताएको बीबीसीले जनाएको छ।

रुसले आफ्नो सुरक्षालाई थप बलियो बनाउने गरी युद्धविराम घोषणा गरेको हुनसक्ने युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले बताउनुभएको छ । भिडिओ सम्बोधनमा राष्ट्रपति जेलेन्स्कीले पूर्वी डोन्बास क्षेत्रमा युक्रेनी फौजलाई अगाडि बढ्नबाट रोक्न तथा आफ्ना थप फौज एवम् उपकरणहरू ल्याउने उद्देश्यका साथ पुटिनले युद्धविरामलाई अगाडि सारेको आरोप लगाउनुभएको छ ।

यसअघि टर्कीले रुसलाई युक्रेनमा एकतर्फी युद्धविराम घोषणा गर्न आग्रह गरेको थियो। टर्कीका राष्ट्रपति रेसेप तैयप एर्दोगानले रुसी समकक्षी भ्लादिमिर पुटिनलाई युक्रेनमा भइरहेको आक्रमण रोक्न तथा युद्धविरामको घोषणा गर्न आग्रह गर्नुभएको हो।

यो समाचार पढेर हजुरले कस्तो महसुस गर्नुभएको छ ??
गज्जब
0
माया
0
खुसी
0
हासो
0
अचम्मित
0
दुःखी
0
आक्रोशित
0

प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here

spot_img
spot_img