spot_img
spot_img
spot_img

बुटवलमा फिट एण्ड फाइन स्पोर्टस क्लव गठन

spot_img

रवि राना
रुपन्देहीको बुटवल उपमहा नगरपालिका वडा नं १९ मा खेलकुद प्रति रुचि राख्ने युवाहरुको समूहले फिट एण्ड फाइन स्पोर्टस क्लव नामक गैरसरकारी संस्थाको गठन गरेका छन। स्थानीय खेलकुद प्रेमी युवा गगन पुनको अध्यक्षतामा भएको युवाहरुको भेलाले सुन्दर श्रेष्ठको अध्यक्षतामा उक्त क्लव गठन गरेका हुन।

खेलकुदको माध्यमबाट युवाहरुलाई सामज बिकास तर्फ अग्रसर बनाउने उद्देश्यले गठन गरिएको क्लवको बरिसठ उपाध्यक्षमा साम्वा गुरुङ्ग र उपाध्यक्षमा निर्मल गुरुङ्ग रहनु भएको छ। यस्तै रुद्र प्रसाद भण्डारी सचिवमा र चन्द्रीका चौधरी सह सचिवमा रहनु भएको छ। यसैगरी कोषाध्यक्षमा फत्त बहादुर राना र सदस्यहरुमा कमल राना, शिव पाठक, मन्दिप पुन, सुवास सापकोटा र छविलाल थापा रहनु भएको छ।

भेलाका अध्यक्ष गगन पुनले खेलकुद बिना मानिसको स्वास्थ्य र शारिरिक रुपमा स्वस्थ र तन्दुरुस्ती नहुने भएकोले समाज रुपान्तरणका लागि लाग्ने युवाहरु शारिरीक रुपमा स्वस्थ र तन्दुरुस्त हुन आवस्यक रहेको बताउनु भयो। खेलकुदको बिकाससंगै समाजमा हुने बिभिन्न सामाजिक गतिबिधिमा युवाहरुको सक्रिय सहभागितालाई पनि जोड दिनु पर्ने अध्यक्ष पुनले बताउनुभयो।

नव गठित क्लवका अध्यक्ष सुन्दर श्रेष्ठले समाजमा हुने बिसंगती, बेथिति, विभिन्न खोले हिंसाहरुका बिरुद्ध स्पोर्टस क्लव सचेतनाका कार्यक्रमहरु समेत सञ्चालन गर्दै युवाहरुको खेलकुद बिकासमा निरन्तर कार्य गर्न क्लव गठन गरिएको जानकारी दिनुभयो। नवगठित क्लवका लागि मुख्य सल्लाहकारको रुपमा केशव बहादुर कुँवर र सल्लाहकारहरुमा टिकाराम सापकोटा, प्रेमसागर चौधरी र हेमलाल भण्डारीलाई मनोनया गरिएको क्लवका अध्यक्ष सुन्र श्रेष्ठले जानकारी दिनुभयो।

यो समाचार पढेर हजुरले कस्तो महसुस गर्नुभएको छ ??
गज्जब
0
माया
0
खुसी
0
हासो
0
अचम्मित
0
दुःखी
0
आक्रोशित
0

प्रतिक्रिया दिनुहोस्

Please enter your comment!
Please enter your name here

spot_img
spot_img