हेटौंडा । बागमती प्रदेशको मुख्यमन्त्रीमा नेकपा माओवादी केन्द्रका संसदीय दलका नेता शालिकराम जम्कट्टेल नियुक्त भएका छन् ।
७० प्रदेशसभा सदस्यको समर्थनसहित दाबी पेश गरेका जमकट्टेललाई प्रदेश प्रमुख यादवचन्द्र शर्माले मुख्यमन्त्रीमा नियुक्त गरेका हुन् ।
जम्कट्टेल मंसिर ४ गते सम्पन्न निर्वाचनमा धादिङ १(२) बाट निर्वाचित भएका थिए ।
यो समाचार पढेर हजुरले कस्तो महसुस गर्नुभएको छ ??