लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा नेकपा एमालेका नेता लिला गिरी बन्नुहुने भएको छ । सत्ता गठबन्धन दलहरु एमाले र माओवादी केन्द्रबीच लुम्बिनी प्रदेशको मुख्यमन्त्री नेकपा एमालेले लिने सहमति भएसँगै लुम्बिनी प्रदेशमा सरकारको नेतृत्व नेकपा (एमाले) संसदीय दलका नेता लिला गिरीले गर्नुहुने भएको हो।
आइतबार बसेको सत्ताारुढ दलहरुको वैठकमा लुम्बिनी प्रदेश सरकारको नेएमालेले सरकारको नेतृत्व पाउँदा लिला गिरी लुम्बिनी प्रदेशको मुख्यमन्त्री बन्ने छन। गिरी एमाले प्रदेश संसदीय दलको नेतामा सर्वसम्मत चयन भइर्ससक्नुभएको छ।
सत्तारूढ दलहरुबीच आइतवार साँझ बालुवाटारमा भएको छलफलमा अन्य ६ वटा प्रदेशको पनि बाँडफाँट भएको छ । जसमा गण्डकीमा पनि एमालेले सरकार बनाउने छ । बागमती र सुदूरपश्चिममा एमाले र माओवादीले आलोपालो गर्ने, मधेस प्रदेशमा जसपा र जनमतले आलोपालो सरकार बनाउने र कर्णालीमा माओवादीले सरकार बनाउने सहमति भएको छ ।