कञ्चन //
सिप सिकौ आत्मनीर्भर बनौ भन्ने मुल नाराका साथ महिला सशक्तीकरण कार्यक्रम अन्तरगत नेतृत्व क्षमता विकास तथा ब्यवसायिक उधमशिलता सम्बन्धी ५ दिने तालिम कञ्चन गाँउपालिका वाड न २ बगहीमा सम्पन्न भएको छ। उधमशिलता सशक्तीकरणको माध्यमबाट महिलाहरुको आर्थिक, सामाजीक रुपान्तरण र क्षमता अभिबृद्धी गरी दिगो बिकास हासिल गर्ने उद्धेश्यले तालिमको आयोजना गरिएको हो। तालिमको समापन कार्यक्रममा बोल्दै कार्यक्रमका प्रमुख अतिथि तथा एड्वान, रिड नेपाल र जिटीएनका कार्यक्रम प्रबन्धक कर्पाल प्रसाद पुरीले तालिम तालिमका लागि मात्र नभई व्यवहार परिवर्तन हुनु पर्नेमा जोड दिनुभयो । प्रबन्धक पुरीले तालिमबाट सिकेका सीप व्यवहारमा लागू गरे मात्र तालिमको औचित्य हुने भन्दै आफुले सिकेका सीप गाउँ समुदायमा प्रयोग गर्न आग्रह गर्नुभयो ।
उधमशिलता सशक्तीकरण तालिमको समापन गर्दै गाउँपालिका उपाध्यक्ष मौषमी थापा मगरले लघु, घरेलु तथा साना उद्यमी सृजनाका लागि उद्यमशिलता विकास र सीप विकास तालिम प्रभावकारी हुने बताउनुभयो । उपाध्यक्ष थापा मगरले लघु घरेलु तथा साना उद्योगको विकास र विस्तार अहिलेको आवश्यकता रहेकाले सिकेको सीपलाई व्यवसायमा परिणत गर्न सकेमात्र तालिम लिएका व्यक्तिहरुको दिगो रुपमा आर्थिक विकास हुने धारणा व्यक्त गर्नु भयो ।
त्यस्तै कञ्चन गाँउपालिका कृषि शाखा प्रमुख मगरेपाल गडरियाले व्यवसाय सचालनका लागि उधमशिलता तालिमले उद्यमी सृजनाका लागि महत्वपूर्ण भुमिका खेल्ने धारणा व्यक्त गर्नुभयो ।
उक्त उधमशिलता सशक्तीकरण तालिममा कञ्चन गाँउपालिका वाड न २ का वाड अध्यक्ष टेक बहादुर गुरुङ्ग, कञ्चन गाँउपालिका शिक्षा शाखा प्रमुख रमेश भुसाल, जिविकोपार्जन सहजकर्ता हिरालाल चौधरी, अनुगमन तथा मुल्याङकन खुसीसरा राना, पत्रकार लगाएतको सहभागिता रहेको थियो ।
कञ्चन गाउापालिकाका उपाध्यक्ष मौसमी थापा मगरको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा वडा नं। २ का वडा अध्यक्ष टेक बहादुर गुरुङ्ग, शिक्षा शाख प्रमुख रमेश भुसाल,जिविकोपार्जनका लागि सहजकर्ता हिरालाल चौधरी, अनुगमन तथा मुल्याङकन खुसीसरा राना,कार्यक्रमका शिक्षा शाखा संयोजक रामचन्द्र जोशीले, सहभागीको तर्फबाट मोतीसरा धामी लगायतले सिकेको सिपलाई उपयोग गर्ने हरेक व्यक्तिले जिवनमा जिवन धान्नका लागि कसैसंग हात जोड्नु नपर्ने बताउनु भएको थियो।
कञ्चन गाँउपालिकाको समन्वयमा एड्वान, रिड नेपाल र जि।टी।एन साझेदार संस्थाको आयोजनामा सञ्चालन भएको तालिमका लागि जर्मन सरकारको अपरेसन र करुणा डचल्याण्डले आर्थिक सहयोग गरेको थियो । दिनेश परियारले प्रशिक्षक दिनुभएको तालिममा गाउँपालिकाका ३० जना महिलाहरुको सहभागिता रहेको थियो । तालिमको सहजीकरण शिक्षा बिकास अधिकृत मिन प्रसाद रिजालले गर्नुभएको थियो ।